कपिलवस्तुमा एक युवाले बिहेको प्रस्ताव अस्वीकार गरेपछि प्रेमिका र काकाको गरे हत्या
न्युजभित्तो/१८ जेष्ठ २०८०, बिहीबार १३:०८
रुपन्देही,१८ जेठ । कपिलवस्तुमा एक युवाले आफ्नो प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गर्यो भनेर प्रेमिका र उनका काकाको हत्या गरेका छन् । ती युवाले प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित भई आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए । प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जनीबीच प्रेम सम्बन्ध थियो।
बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् । अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैलाई शरीरका विभिन्न ठाउमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो ।
चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । मोहनले केही समयअघि विवाहको प्रस्ताव अन्जनीलाई राखेपनि उनले अस्वीकार गरेकी थिइन् । दुवैबीच यही विषयमा विवाद बढेपछि अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन्।
सोही विषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगेर बदला लिएको प्रारम्भिक अवस्थामा भेटिएको घलेले बताए । प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।