सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लम्पी स्कीन रोगबाट २७५ चौपायको मृत्यु


  •    न्युजभित्तो/१४ जेष्ठ २०८०, आईतवार १६:५८ 
  • काठमाडौँ,१४ जेठ । अहिले देशका विभिन्न जिल्लामा पशुमा लाग्ने लम्पी स्कीन रोग फैलिएको छ। लम्पी स्कीनबाट बागमती प्रदेशमा मात्रै  २७५ पशुचौपायाको मृत्यु भएको छ । 

    बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले दिएको जानकारी अनुसार जेठ ९ गतेसम्म प्रदेशमा १३ जिल्लामा गरी ९ हजार ३९१ पशुमा लम्पी स्कीन देखिएको पुष्टि भएको छ। 

    सबैभन्दा धेरै मकवानपुर जिल्लामा ५०८२ गाई भैंसीमा यो रोग देखिएको छ । यसमा ५०७७ गाई र ५ वटा भैसी रहेको निर्देशनालयले जानकारी दिएको छ। 

    मकवानपुरपछि चितवनमा  २६७४, नुवाकोटमा ७१६ पशुमा लम्की स्कीन रोग देखिएको छ । सबैभन्दा कम रसुवामा  ६ वटा पशुचौपायामा संक्रमण देखिएको छ। 

    मृत्यु हुने २७५ चौपायमध्ये मकवानपुरमा मात्रै १९२ छन् । 

    यो रोग लम्पी स्कीन डिजिटल भाइरस नामक भाइरसबाट लाग्ने गर्छ। लामखुट्टे जस्ता रगत चुस्ने कीराबाट यो रोग सर्ने गर्छ।

    यो रोग लागेपछि पशुचौपायाको शरीरका विभिन्न भाग पुच्छर वरिपरि, पेट र थुनलगायतमा साना–ठुला गिर्खाहरू देखिन्छ। 

    १०५ डिग्रीभन्दा बढी ज्वरो आउने, खुट्टा सुन्निने र दूध दिन छाड्ने लक्षण देखिने गरेको पशु प्राविधिकहरूको भनाइ छ।

    छालाको गिर्खामा ३३ दिनभन्दा धेरै रहन्छ। अनुसन्धानमार्फत फोहोर तथा अँध्यारो गोठमा धेरै लामो समयसम्म यो जीबाणु भेटिएको पाइएको छ। उक्त रोगले बिरामी पार्ने प्रतिशत १०–२० प्रतिशत पाइएको छ । यसबाट पशुको मृत्युदर १–५ प्रतिशत छ। खासगरी गाई तथा कहिलेकाही भैंसीमा पाइन्छ। अनुसन्धानले उक्त रोग होलेस्टोन गाई र क्रस गाईमा बढी हुने देखाएको छ। 

    लम्पी स्कीन रोग लागे ८० प्रतिशत दूध घट्ने, बाँझोपन हुने र १० प्रतिशतसम्म मृत्यु हुने अध्ययनले देखाएको छ। 

    बागमती प्रदेशमा सबैभन्दा पहिला मकवानपुरमा लम्पी स्कीन देखिएको थियो।  यो रोगको कुनै उपचार नहुने र भ्याकसिन मात्र लगाएर न्यूनीकरण गर्ने भएकाले  भ्याक्सिन लगाउने कार्यलाई स्थानीय तहमा प्राविधिकहरू खटाएर प्रदेश सरकारले काम गरिरहेको छ।  

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.