सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालनमा ल्याइने


  •    न्युजभित्तो/१२ जेष्ठ २०८०, शुक्रबार ११:०२ 
  • चितवन,१२ जेठ ।नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू क्रमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो।

    नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बनिसकेका पुल जेठको अन्तिमदेखि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । “हस्तान्तरण हुन बाँकी भए पनि निर्माण सम्पन्न भएका पुल विस्तारै सञ्चालन गर्दै लगिने नीति बनाएका छौँ,” प्रमुख कार्कीले भने।

    सडकसँगै रहेका घरटहराको क्षतिपूर्ति दिन ढिलाइ हुँदा निर्माण सकिएर पनि उक्त सडक खण्डका नौ वटा पुल सञ्चालनमा आउन सकेका छैनन्। विश्व बैङ्कको ऋणमा निर्माण भएका ती पुल नजिकै सडकमा जोडिएका घर टहरालाई नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने नियमका कारण निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेका थिएनन्। सरकारले ती घरटहराको पहिलो चरणको क्षतिपूर्ति ५० लाख रुपियाँ वितरण गरेसँगै पुललाई मूल सडकमा जोड्न लागिएको हो।

    त्यसका लागि पुलदेखि सडकसम्मको बिचको भाग मर्मत सुधार र कालोपत्रे गर्नुपर्ने अवस्था छ। त्यो एक दुई दिनमै सकिने र त्यसपछि जेठ अन्तिमसम्ममा पुल सञ्चालनमा ल्याइने बताइएको छ। निर्माण कम्पनीका तर्फबाट सडक विभागलाई हस्तान्तरण भने हुन बाँकी नै छ।

    “केही दिनभित्रै पहिलो चरणमा सेती दोभान, डुम्रे र बालुवा पुल गरी तीनवटा र दोस्रो चरणमा रिग्दी खोला पुल, भोर्ले खोला पुल, जुगेडी खोला पुल र खोर खोला पुल गरी चार वटा पुलको प्राविधिक जाँच गरी सञ्चालनमा ल्याउँछौँ,” प्रमुख कार्कीले बताए ।

    नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार निर्माणाधीन १५ पुलमध्ये नौ वटाको निर्माण पूरा भएको र थप चार वटाको निर्माण कार्य अन्तिम चरणमा छ।

    यस्तै तुइन खोलामाथि भने अझै पुल निर्माणको काम सुरु हुन सकेको छैन। खहरे खोलामा भर्खरै सुरु भएको छ। खहरे खोला पुलको जगमै टहरा परेपछि निर्माण नै रोकिएको थियो भने तुइन पुलसँगै ठाडो भिर भएका कारण त्यसलाई विष्फोट गरेर फोर्नु पर्ने भएकाले निर्माण कार्य अघि बढ्न नसकेको हो।

    नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सकिएको दुई वर्षपछि मात्रै २०७७ असारदेखि १५ वटा पुलको निर्माण प्रव्रिmया सुरु भएको हो। सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माण सुरु गर्नमै ढिलाइ भएको थियो। सरकारले कानुनी अड्चन खुला गरेपछि २०७६ चैत १० गते पुल ठेक्का सम्झौता भएको थियो। सोही अनुरूप ‘डिजाइन एन्ड बिल्ड’ (पुलको डिजाइन गर्दै निर्माण गर्ने काम) को अवधारणामा अनक कन्ट्रक्सनले पुलको निर्माण सुरु गरेको हो। यो खबर आजको गोरखापत्रमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.