सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ६९ प्रतिशत महिलाको आफ्नो नाममा घरजग्गा छैन


  •    न्युजभित्तो/१२ जेष्ठ २०८०, शुक्रबार १०:५२ 
  • चितवन,१२ जेठ । तथ्यांक कार्यालय चितवनले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको नतिजाअनुसार जिल्लाको जनसंख्या सात लाख १९ हजार ८५९ रहेको छ । त्यसमध्ये पुरुष तीन लाख ५१ हजार ७८९ (४८.८६ प्रतिशत) र महिला तीन लाख ६८ हजार ६७ (५१.१४ प्रतिशत) जना छन् । यहाँ एक लाख ७९ हजार ३४५ परिवार छन् ।

    जिल्ला स्तरिय नतिजा सार्वजनिक गर्दै तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीले ६९.७० प्रतिशत महिलाको आफ्नो नाममा घरजग्गा नभएको बताए । नतिजाअनुसार घरजग्गा दुवै आफ्नो नाममा भएका महिला १५.९९ प्रतिशत छन् । जग्गा मात्र भएका ११.२९ प्रतिशत, घरमात्र भएका १.९४ प्रतिशत र उल्लेख नभएका १.०७ प्रतिशत महिला छन् ।

    जिल्लामा १.४७ प्रतिशत परिवारले शौचालयको प्रयोग नै गर्दैनन् । सबैभन्दा धेरै ६९.५५ प्रतिशत परिवारले फ्लस भएको (सेफ्टिक ट्यांक) शौचालय प्रयोग गर्ने गरेका छन् भने २६.३५ प्रतिशत परिवारले साधारण शौचालय प्रयोग गर्छन् । ०.५३ प्रतिशत परिवारले सार्वजनिक शौचालय र २.१० प्रतिशत परिवारले फ्लस भएको (सार्वजनिक ढल) शौचालय प्रयोग गरेको पाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.