सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसान चिन्तित


  •    न्युजभित्तो/११ जेष्ठ २०८०, बिहीबार १७:०४ 
  • चितवन,११ जेठ । चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसान चिन्तित भएका छन् ।

    हरेक वर्ष जस्तै यस वर्ष पनि धानको बिउ राख्ने र रोप्ने समयमा रासायनिक मलको अभाव भएकोले किसानहरु चिन्तित भएका हुन् । अहिले जेठको दोस्रो हप्ता भइसकेको छ असारमा त धान रोप्ने समय हुन्छ ।

    मलको अभावकै कारण उत्पादन घट्ने चिन्तामा किसानहरु छन् । असारमा धान खेतीको सिजन सुरु हुन लागेकोले विगत वर्षदेखि अभाव भोग्दै आएका किसानलाई धान रोप्दा खेतबारीमा प्रयोग हुने युरिया, डीएपी मलको अभाव भएको हो ।

    भरतपुर महानगरपालिका–१३ का किसान रामजीप्रसाद सापकोटाले खेती गर्ने बेला पर्याप्त मल नपाउँदा बर्षेनि समस्या भोग्दै आइरहेको गुनासो गरे । उनले अहिले मात्र नभएर विगतका वर्षदेखि नै रासायनिक मलको अभाव हुँदै आएको गुनासो पोखे ।

    किसानले भनेका बेला मल नपाउने र सिजन सकिएपछि पाउने गर्दा पनि उब्जनीमा समस्या हुने तथा उत्पादन घट्ने गरेको उनको अनुभव रहेको छ । उनले आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषि कर्मप्रति निरुत्साहन गर्ने गरेको बताए । उनले भने, ‘खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो । हामी सधैँ अभाव झेलिरहन्छौ ।’

    जन जागृति सहकारी संस्थाका सदस्य तथा किसान नन्दबहादुर रेग्मीले खेती लगाउने समयमा सधै मलको समस्या भोग्नु परेको र अहिले पनि युरियाको चरम अभाव रहेको गुनासो गरे । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मलआवश्यक पर्ने भए पनिअहिले मल अभाव हुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

    रेग्मीले सहकारीबाट सेयर सदस्य बनेर मोल ल्याउने गरेको बताउँदै भने, ‘किसानले खेती गर्ने बेला भइसक्यो । पानी परेको छ । धानको ब्याड राखौँ भने पनि मल छैन । मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ ।’ बर्सेनि युरियाको चरम अभाव भएको उनको भनाइ छ । आफूहरुले खेतीबाली लगाउँदा खेतबारीमा डीएपी, पोटास, युरिया प्रयोग गर्ने गरेको उनले बताए । उनकाअनुसार उनीहरुले धान रोप्ने सिजनसँगै अरु सिजनमा पनि सहज तरिकाले मल पाएका छैनन् ।

    भरतपुर माहानगरपालिकाको कृषि तथा पशुपन्छी प्रवद्र्धन शाखाको प्रमुख तेजेन्द्र पौडेलले अहिले जिल्लामा रासायनिक मलको चरम अभाव रहेको बताए । उनका अनुसार महानगरले माग अनुसारको मल पु¥याउन सकेको छैन । यस वर्ष माहानगर क्षेत्र भित्रबाट मात्रै शाखामा ७५ वटा सहकारीबाट धानकोलागि मलको माग आएको उनले जानकारी दिए । अहिले धानको बीउको भने अभाव नरहेको उनको भनाइ छ ।

    त्यस्तै मलको समस्या हेर्दा भरतपुर महानगरलाई मल कृषि सामग्री केन्द्र र साल ट्रेडिङले भाग लाएर दिने गर्छन् । उनले अब मल कहिले आउँछ त्यो पनि निश्चित नहुने नारायणी अनलाइनलाई बताए । महानगरलाई मलको कोटा आउने र त्यही आएको मलको आधारमा शाखाले सहकारीलाई मल बितरण गर्दै आएको उनको भनाइ छ ।

    अहिले जिल्लामा मल कम आएता पनि त्यो मल पनि पर्याप्त मात्रामा नभएको र जिल्लाका स्थानीय तहका प्रमुखहरूको समन्वयमा मल बितरण गर्ने सहकारीमार्फत् वितरण भइरहेको उनले जानकारी दिए ।

    साल्ट ट्रेडिङ कर्पाेरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले चितवनमा युरिया मलको अभाव भएको तर डीएपी उपलव्ध रहेको बताएका छन् । उनले युरिया मल कम मात्रामा उपलब्ध भएकाले माग अनुसार पूरा नभएको जानकारी दिए । अब केही दिनमा युरिया मल आइपुग्नेसमेत उनले दाबी गरे । उनका अनुसार गएको साउनदेखि जेठ ९ गतेसम्ममा जिल्लामा युरिया २६ हजार ४८२ बोरा, डीएपी ९ हजार १३६ बोरा र पोटास ९१ बोरा बिक्री वितरण भइसकेको छ ।

    अमर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–२२का अध्यक्ष कुमार प्रसादले अहिले रासायनिक मलको अभाव रहेको बताए । उनले भने, ‘पछिल्लो समय युरिया चैतको अन्तिम तिर आएको थियो भने डीएपी र पोटास धेरै भयो आएको छैन ।’ सहकारीले पहिले व्यक्तिको जग्गा हेरेर मलदिने गरे पनि अहिले मल थोरै आएको अवस्थामा भने १० किलोको दरले बेचिरहेको उनको भनाइ छ । हरेक वर्ष जस्तै यस वर्ष पनि धान रोप्ने समयमा चितवनमा रासायनिक मलको चरम अभाव हुँदा किसानहरु चिन्तित भएको उनको भनाइ छ । उनले किसानले कहिले मल आउने भनेर दिनहुँ सोध्न आउने गरेको समेत बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.