सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा सुस्वास्थ्य केन्द्रको भवन उद्घाटन


  •    न्युजभित्तो/१० जेष्ठ २०८०, बुधबार १५:४२ 
  • चितवन,१० जेठ । देवघाटमा सुस्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले सो केन्द्रको उद्घाटन गरेका हुन् । उपमेयर अधिकारीले देवघाटधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने विचार राखे ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देवघाट धामको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गर्दै उनले देवघाट धामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्नुपर्ने बताए । अधिकारीले देवघाट क्षेत्रलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्न भरतपुर महानगरले तीव्ररुपमा काम गरिरहेको पनि बताए ।
    देवघाट अब धार्मिक पर्यटकीय नगरीको रुपमा विकास हुन्छ उनले भने, ‘यो संकल्पसहित महानगरपालिका देवघाटको विकासमा अगाडि बढेको छ ।’

    एशोसिएसन अफ नेपाली फिजिसियन्स इन अमेरिका र गुणनिधि खनाल मेमोरियल ट्रष्टको सहकार्यमा उक्त भवन निर्माण गरिएको हो । देवघाटमा उक्त सुस्वास्थ्य केन्द्र स्थापना भएपछि सयौं वृद्धववृद्वाहरुले उपचार पाउने केन्द्रले जनाएको छ । केन्द्रमा सबै प्रकारका रोगको उपचार गरिनुको साथै औषधिको पनि व्यवस्था मिलाइएको छ । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष सदन बरालसहित विभिन्न स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.