सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेट अभावका कारण पूरा हुनसकेन चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र


  •    न्युजभित्तो/९ जेष्ठ २०८०, मंगलवार ११:०५ 
  • चितवन,९ जेठ । चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो ।

    उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलमा अहिलेसम्म रु २७ करोड ७७ लाख ९१ हजार आठ सय ३९ खर्च भइसकेको छ । स्थल निर्माणका लागि रु ३७ करोड खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थल निर्माणका लागि हामीले विभिन्न मन्त्रालयमा ताकेता गरेको भए पनि बजेट नपाउँदा निर्माणको काम सम्पन्न हुनसकेको छैन ।” सङ्घीय सरकारको रु १५ करोड, चितवन उद्योग सङ्घका सदस्यहरूको रु छ करोड ३२ लाख ८८ हजार नौ सय ९२, नेपाल उद्योग परिसङ्घको रु तीन करोड र जिल्ला समन्वय समितिको रु एक लाख ९७ हजार तीन सय ४५ बजेटमा भवन निर्माण गरिएको हो ।

    प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट अपुग भएपछि पदाधिकारीहरूले व्यक्तिगत जवानी बसेर बैंकबाट ऋण निकालेर काम अघि बढाएका थिए । विगत एक वर्षअघि माछापुच्छ्रे बैंकबाट रु तीन करोड ऋण लिएर निर्माणको काम गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीका लागि सङ्घका पदाधिकारी मिलेर व्यक्तिगत जिम्मेवारीमा ऋण लिएर काम ग¥यौँ । तर अझै पूरा हुन सकेन ।” अहिले भौतिक संरचना तयार भए पनि आन्तरिक काम हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भित्री सजावट, अग्निनियन्त्रक उपकरण, बगैँचा, सचिवालय निर्माण, चमेनागृह निर्माणलगायतका काम अझै बाँकी रहेका छन् । अहिले पनि निर्माणका क्रममा रु ४३ लाखभन्दा बढी निर्माण व्यवसायीलाई ऋण तिर्न बाँकी रहेको उहाँले बताउनुभयो । उनान्तीस वर्षलाई सरकारबाटै वार्षिक रु सात लाख भाडा तिर्ने गरी सङ्घले जग्गा लिएको हो । निर्माणकै चरणमा रहेको यस प्रदर्शनीस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय गरी १५ प्रदर्शनी भइसकेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.