सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यमन्त्री जोशीको प्रतिबद्धता: हुँदा खाने वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउँछु


  •    न्युजभित्तो/८ जेष्ठ २०८०, सोमबार १६:३५ 
  • चितवन,८ जेठ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा मात्र निहित हुन नहुने बताएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौंडामा सम्पन्न ‘स्वास्थ्य सबै नीतिमा सम्बन्धित’ विषेयक कार्यशाली गोष्ठीमा मन्त्री जोशीले यस्तो बताएका हुन् ।

    उनले स्वास्थ्यको पहुँच हुने खाने वर्गमा निहित रहेको भन्दै हुँदा खानेको पनि पहुँच पुग्नुपर्ने विचार राखे । यसका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

    मन्त्री जोशीले प्रदेशको स्वास्थ्य सेवाको अवस्थामा सुदृढीकरण गर्दै नागरिकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता गरे । यसका लागि सबै मन्त्रालयहरुको साथ र सहकार्यको अपेक्षा रहेको उनले बताए । प्रदेशमा बन्ने सबै नीतिहरु स्वास्थ्यको दृष्टिकोणबाट विष्लेषण गरी सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

    यस्तै समुदायका सबै पक्षहरु तथा सरकारका सबै अंगहरुको समन्वय र सहकार्यबाट मात्रै सबैलाई स्वास्थ्यको पहुँचमा पुराउन सकिने उनको भनाइ थियो । सबैका लागि स्वास्थ्यको लक्ष्य हासिल गर्न बहुक्षेत्रीय समन्वय आवश्यक रहेको मन्त्री जोशीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.