सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ‘आयो’ : १८ रुपैयाँमा बाइक र अटोमा सरर …..


  •    न्युजभित्तो/३ जेष्ठ २०८०, बुधबार १८:५९ 
  • चितवन, ३ जेठ । चितवनमा मोबाईल एप ‘आयो’ प्रयोग गरेर बाइक र आटो बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । भरोसा नेटवर्किङ प्रालिले चितवनमा ‘आयो’ एप मार्फत बाइक र अटो सेवा सुरु गरेको हो । कम्पनीले आज पत्रकार सम्मेलनको आयोजना गरेर चितवनमा सुरु गरिएको सेवाबारे जानकारी दिइएको छ ।

    कम्पनीले चितवन र काठमाडौंमा एकसाथ सेवा सुरु गरेको हो । सेवा सुरु गरेको दुई महिनाको अवधिमानै हजारौंले ‘आयो’ एप मार्फत सेवा लिएको बजार प्रमुख नेत्र किराँतीले जानकारी दिनुभयो । उहाँले दुई महिना अघि काठमाडौंमा र एक महिना अघिदेखि चितवनमा सेवा दिन थालिएको बताउनुभयो ।

    सुरुवातको चरणमा ४७५ वटा बाइक र १२५ वटा अटोले जिल्लामा सेवा दिन थालेको कम्पनीले जनाएको छ । “एक महिनाको अवधिमा जिल्लामा २७ सय बढिले सेवा लिइसक्नुभएको छ,” किराँतीले भन्नुभये “यात्रुहरुले आजै एप डाउनलोड गरेर सेवा लिन सक्नुहुनेछ ।” यात्रुले एपमा गएर सवारी छनोट गरेपछि आफ्नो गन्तव्यसम्मको भाडादर समेत थाहा पाउने उहाँले बताउनुभयो ।

    यात्रु, चालक र सवारी साधनका लागि कम्पनीले बीमा समेत गरेको छ । यात्रुले सवारीसाधन बुक गरेको १० मिनेट भित्र सेवा प्राप्त गर्ने किराँतीले बताउनुभयो । ‘आयो’ को सेवा २४ सै घण्टा संचालन हुनेछ । प्रोमो कोड आयो ५५ प्रयोग गरी पहिलो पाँच राइडसम्म ७० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ । पाँच राइड पछि प्रोमो कोड चितवन २५ प्रयोग गर्दा प्रत्येक राइडमा २५ प्रतिशत छुट पाइनेछ । भाडदर बाइकको प्रतिकिलोमिटर १८ रुपैंया तोकिएको छ । कम्पनीले यो सेवा देशैभर विस्तार गर्ने योजनाका साथ काम गरिरहेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.