सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका हाँसका परिकार काठमाडौँका भोजमा


  •    न्युजभित्तो/३ जेष्ठ २०८०, बुधबार १६:०७ 
  • चितवन,३ जेठ । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पु¥याउँदै आउनुभएको छ ।

    सौराहामा कमाण्डरका नामबाट परिचित नेपाली सेनाका निवृत्त नायक हरेराम महतो अहिले नियमित हाँसका परिकार बनाउनुहुन्छ । उहाँको रेष्टुरेन्टमा पुगेर खानेहरु त हुन्छन् नै देशका विभिन्न भागबाट माग गर्नेको पनि कमी हुँदैन । उहाँले पूर्वको इटहरीदेखि काठमाडौँसम्म हाँसका परिकार तयार पारेर पठाउँदै आउनुभएको छ ।

    पछिल्लो समय बनेका परिकार जहाजबाट उहाँले पठाउने गर्नुहुन्छ । पैसा अनलाइन सेवामार्फत् उहाँको खातामा आउँछ । साँझपख उहाँका पाँच वटै कटेज भरिएर आँगनमा पाहुना हाँसका परिकारमा रमाउने गर्दछन् । कोभिडपछि व्यापार घटेको दुखेसो उहाँको छ । अनठाउन्न वर्षीय कमाण्डरलाई अबका दिन विगत जस्तो काम गर्ने जाँगर भने छैन ।

    विगत सम्झँदै उहाँले भन्नुभयो, “एकै दिन १२ वटासम्म हाँसका परिकार बनाएर काठमाडाँैं पठाएँ, रेष्टुराँमा २४ वटासम्म हाँस बनाएर पाहुनालाई खुवाएको छु ।” जिउँदो हाँसलाई काटेर सालको दाउराको आगोमा पोलेर हड्डी छुट्याएर आफैले सिलौटीमा पिनेको मसलामा पकाएको हाँसको स्वाद धेरैले मन पराएको उहाँ बताउनुहुन्छ ।

    छुट्याएको हड्डीलाई मिठो हुने गरी उहाँले सुप बनाउनुहुन्छ । बाहिर पठाउँदा मसला मोलेको तयारी मासु र हड्डी छुट्टाछट्टै उहाँले पठाउने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “सालबाहेकका दाउरा प्रयोग गर्दिन, बजारको मसला राख्दिन ।” अदुवा र लसुनको लेदोले उहाँले बनाएको हाँसको छोइलाको स्वाद धेरैलाई मनपर्ने गर्दछ । हाँससँगै उहाँले स्थानीय खोलामा पाइने माछा र स्थानीय जातका कुखुराका परिकार पनि खुवाउनुहुन्छ ।

    उहाँसँगै श्रीमती, तीन छोरा, दुई बुहारी सँगसँगै काम गर्छन् । भर्खरै मात्र छोरीको विवाह भएकाले काम गर्न छाडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सबै परिवार मिलेर काम गर्छौ ।” कमाण्डरको आफ्नै जीवनकथा छ । नेपाली सेनामा १६ वर्ष सेवापछि विसं २०५४ मा निवृत्त भएसँगै उहाँको पेसा रेष्टुराँ बन्यो । भरतपुरको गीतानगरमा जन्मिनुभएका उहाँले निवृत्त जीवनसँगै सौराहामा रेष्टुराँ सुरु गर्नुभयो । चरम द्वन्द्वको समयमा हतियार खेलाउन जानेका कमाण्डरलाई माओवादीले सँगै लैजाने डरले भागेर उहाँले बुटवल र वीरगन्जमा लुकेर गार्डमा काम गर्नुभयो ।

    द्वन्द्व मत्थर भएपछि पुनः सौराहा फर्किएर उहाँले थप सङ्घर्ष गर्नुभयो । जेनतेन श्रीमतीले धानेको रेष्टुरेन्टलाई राम्रो बनाएर सौराहाको हात्तीचोक वरिपरि चार ठाउँमा सर्र्दै रेष्टुरेन्ट चलाउनुभयो । त्यहाँ बचाएको रकमले उहाँले हात्तीचोक भित्रपट्टी ३८ धुर जमिन पनि किन्नुभयो । त्यही जमिनमा अहिले उहाँको घरसहितको कटेज छ । यही कटेजबाट विसं २०७३ देखि उहाँको रेष्टुरेन्ट सञ्चालन हुँदै आएको छ । त्यहाँ कहिले रु ४५ हजारसम्मको व्यापार हुन्छ भने कहिले केही पनि हुँदैन ।

    थारु जातिको परम्परागत स्वादका पारखीका लागि कमाण्डरको रेष्टुराँ रोजाइ बन्ने गरेको छ । चितवन र बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकसमेत यहाँ हाँसको परिकारमा रमाउन पुग्ने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.