सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मी बढेसँगै चितवनमा कुखुराको उत्पादन घट्यो


  •    न्युजभित्तो/३ जेष्ठ २०८०, बुधबार १२:०३ 
  • चितवन,३ जेठ। गर्मी बढेसँगै चितवनमा कुखुराको उत्पादन घटन् थालेपछि किसानहरु चिन्तित बनेका छन् । आर्थिक मन्दीसँगै कुखुराको उत्पादन लागत बढिरहेको समयमा गर्मी महिनामा कुखुरा पालनको लागि उपयुक्त नहुने भएकोले उत्पादन घट्न गएको हो । उत्पादन घटेसँगै चितवनका कुखुरापालक किसान थप समस्यामा परेका हुन् ।

    उत्पादन घटेसँगै बजारमा कुखुराको मासुको मूल्य केही बढ्न गएको छ । अहिले होलसेल मासु पसलमा कुखुराको मासुको मूल्य प्रतिकेजी ३९० देखि ४०० रुपैयाँसम्म रहेको छ । चैत महिनाभरी मूल्य घट्दै गएर जिउँदो कुखुराको मासु प्रतिकेजी २०० रुपैयाँमा आइपुगेको थियो । अहिले मूल्य केही बढेर जिउँदो कुखुरा प्रतिकेजी २५० देखि २६० रुपैयाँ निर्धारण भएको छ । त्यो पनि खरिद गर्नेहरुले कुखुराको साइज हेरेर मूल्य दिने गरेका छन् । सानो आकारको कुखुरा व्यवसायीले किसानसँग बार्गेनिङ गरेर उठाउने गरेको सिनजी मिट भरतपुरका सञ्चालक सुमन जोशीले  जानकारी दिए । उनले कुखुराको मूल्य नभएकोले किसान सँधै मर्कामा नै पर्ने गरेको बताए ।

    आर्थिक मन्दी, बैँकको बढ्दो ब्याजदरसँगै कुखुरा पाल्ने किसानहरु हरेक दिन समस्यामा पर्दे गएको व्यवसायी बताउँछन् । कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले कुखुरा पाल्ने किसानहरु तनावको अवस्थामा रहेको बताए । उनले किसानहरु मर्कामा पर्न थालेपछि कतिपयले व्यवसाय नै छाडेको बताए । लामिछानेले भने, ‘ बैँकको बढ्दो ब्याजदर, आर्थिक मन्दी र महंगीले गर्दा चितवनका किसानहरु ३० वर्ष यताकै खराब अवस्थामा पुगेका छन् । कुखुरा व्यवसायी न घाटको न घरको बनेका छन् ।’ किसानलाई नाफा हुनको लागि त जिउँदो कुखुराको मूल्य २५० र अण्डा प्रतिक्रेट ४०० रुपैयाँ भन्दा बढी हुनुपर्ने उनले बताए । बिचौलियाको कारणले किसानले उत्पादन लागत पनि उठाउन नसकेको उनको गुनासो छ ।

    अध्यक्ष लामिछानेले भने, ‘बैँकले एक करोडको व्याज सात लाखबाट बढाएर १५ लाख बनायो । खसीको मासुको मूल्य २०० रुपैयाँ प्रतिकेजीबाट एक हजार २०० पुग्यो तर सो अनुपातमा कुकुराको मासुको मूल्य बढ्न नसक्दा किसान समस्यामा परेका छन् ।’ उनले लागत मूल्यको हिसाब गर्दा किसान सकिएको दाबी गरे ।

    विशेष त गर्मीमा कुखुराको तौल कम हुने र कुुखुराले दाना नखाने जस्ता समस्या देखिन्छ । गर्मीको कारणले विभिन्न रोगको प्रकोप फैलनुका साथै कुखुराको ढुवानी गर्दा पनि समस्या हुने व्यवसायी सुमन जोशीले जानकारी गराए । उनले भने, ‘ढुवानी गर्दा पनि झण्डै ५० केजी कुखुरा गाडीमा मर्ने गर्छ ।’ उनले चितवनमा माग र उत्पादन दुवै कम रहेको बताए । यतिबेला सरकारले भारतबाट हुने कुखुराको आयतलाई कडाइ गरेको कुखुरा व्यवसायी मञ्चका अध्यक्ष लामिछानेले बताए । गत महिना भारतबाट उलेख्य रुपमा कुखुरा तस्करी भएर आउँदा स्वदेशी उत्पादनको मूल्य झनै घट्दै गएको थियो । केही दिनयता मौसमी असन्तुलनले गर्दा चितवनसहित देशभरका उत्पादन भएका कुखुराहरु मर्न थालेका छन् । यसले गर्दा पर्याप्त उत्पादन हुन सकेको छैन ।

    अहिले कुखुराको मासुको खपत दैनिक ५ लाख केजी भन्दा बढी छ । सामान्य समयमा दैनिक ८ लाख केजी मासु खपत हुने गरेको संघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.