सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी मावि जस्तै उत्कृष्ट बनाउँछु: मेयर दाहाल


  •    न्युजभित्तो/२ जेष्ठ २०८०, मंगलवार १०:५५ 
  • चितवन, २ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै नमुना बनाउने बताएकी छन् ।

    भरतपुर–२५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सोसीमा विद्याथीहरुलाई शैक्षिक सामग्री बितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशकै उत्कृष्ट स्थानमा रहेको नारायणी मावि जस्तै अन्य विद्यालयहरु प्नि बनाउने दाबी गरेकी हुन् ।

    मेयर दाहालले पहिलो र दोस्रो स्थानमा नारायणी मावि हुनु भरतपुरको लागि गर्वको विषय भएको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाको एक वडा विद्यालय एक नमुना विद्यालय, एक कक्षा कोठा एक शिक्षक ,स्वम्सेवक शिक्षा, दरबन्दी मिलान जस्ता कार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको उनको दाबी थियो ।

    मेयर दाहालले भरतपुरका सामुदायिक विद्यालयमा भइरहेको विद्यार्थीको संख्या वृद्धि नै यसको मानक भएको उदाहरण दिइन् । अहिले विद्यार्थीको संख्या वृद्धि भएकाले धेरैजसो विद्यालयमा भवनहरु थप निर्माण गर्नुपर्ने अवस्था रहेको पनि उनले जानकारी दिइन् । भरतपुरका दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको छ । भरतपुर वडा नम्बर २५ मा रहेको सोसी माध्यमिक विद्यालयका विद्यार्थीलाई सो सामग्री दिएर कार्यक्रमको शुभारम्भ गरिएको हो ।

    साझापुर माविमा ३५५ जना, सोसी माविमा ४३६ जना, हिमालय दण्डपाणि माविमा २७८ जना, मोहन माविमा ४१४, सिद्धि जनकल्याण आद्यारभूत विद्यालयमा १४५ जना र ईन्द्रपुरी माविमा १०० जनाले सो सामग्री पाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.