सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती


  •    न्युजभित्तो/१ जेष्ठ २०८०, सोमबार १५:१० 
  • चितवन,१ जेष्ठ चितवनमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ ।

    पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ ।

    चितवनमा पछिल्लो केही दिन यता दिनमा लामो समय लोडसेडिङ हुने र बिहान बेलुका झ्याप झ्याप विद्युत् आउने जाने गरेको छ । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।

    अहिले भरतपुर क्षेत्रका सडकहरु छ लेन बनाउने क्रममा तार भूमिगत सँगै पोलहरु सार्ने काम धमाधम भएकोले जिल्लामा दैनिक विद्युत् कटौंती भएको विद्युत् प्रधिकरण भरतपुर बितरण केन्द्रले जानकारी दिएको छ । ‘सधै एकै क्षेत्रको विद्युत् कटौती गरिएको छैन । हामीले क्षेत्र छुट्याएर दैनिक विद्युत् कटौंती गरेका छौँ र पोल सार्ने सँगै तार भूमिगत गर्ने काम गरेका छौँ’, विद्युत् प्राधिकरणका एक कर्मचारीले नाम उल्लेख नगरी भने । उनले दिएको जानकारी अनुसार अहिले जिल्लामा ३० देखि ४० मेगावाट बिजुली आवश्यक रहेको छ । त्यस्तै दिउँसोमा पोल सार्न विद्युत काटिए पनि बिहान बेलुका ओभर लोड भएर विद्युत सर्टडाउन हुँदा लोडसेडिङ भएको हो । उनका अनुसार पछिल्लो समय स्थानीयवासी एसी लगाएर बस्ने गर्दा दैनिक जिल्लामा विद्युत् आवश्यक पनि धेरै छ र चितवनमा भने देशका अन्य भू–भागमा जस्तो समस्या छैन ।

    जिल्लामा पछिल्लो समय पोल सार्न दैनिकरुपमा बत्तीजान थालेपछि औद्योगिक क्षेत्रले भने करोडौँको घाटा भोग्नु परेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण क्षेष्ठले नारायणी अनलाइनलाई बताए । उनका अनुसार विद्युत् कटौंती हुँदा प्लास्टिक उद्योग, चिस्यान केन्द्र धेरै मर्कामा छन् । श्रेष्ठ भन्छन्, ‘चार÷पाँच घण्टा लगाएर कच्चा पदार्थ तताउन पर्ने र बत्ती गएपछि पुनः तताउँदा उद्योगलाई आर्थिक भार पर्ने गर्छ ।’ जसको कारण उत्पादन लागत बढ्ने र उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुने गर्छ । कतिपय टहरामा सञ्चालन गरिएका विद्यालयहरुमा बत्ती नहुदा सञ्चालन गर्न कठिन भएको भन्दै बत्ती गएको समयमा विद्यार्थीलाई बिदा दिने गरिएको छ । यसरी बिनासूचना बत्ती काट्नुको भित्री खेल प्राधिकरणका कर्मचारीहरुले इन्भर्टरको व्यापार बढाउने भित्री साँठगाँठ त होइन भनेर कतिपय नागरिकले आशंका गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.