सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित


  •    न्युजभित्तो/३१ बैशाख २०८०, आईतवार १७:०६ 
  • चितवन,३१ वैशाख । चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

    यस वर्ष वैशाख महिनामा कम पानी परेकोले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् ।

    हुर्कदै गरेको मकैको बोट घोगा लाग्ने बेलामा ओइलाएर सुक्न थालपछि किसानलाई चिन्ता भएको छ । मध्य वैशाखमा हल्का वर्षा भए पनि जमिन भिज्ने गरी वर्षा नहुँदा मकै बालीमा असर परेको छ । कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मिनबहादुर पुनले पछिल्लो समय जिल्लामा लामो समयदेखि पानी नपर्दा मकै बालीमा किसान चिन्तित बनेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भरतपुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर र इच्छाकामना गाउँपालिकाका क्षेत्रमा धेरै मात्रामा किसानले मकै लगाउँदै आएको जानकारी दिए ।  खडेरीले मकै ओइलाउने, मर्ने पात सुक्ने जस्ता समस्या जिल्लामा देखा परेको उनले बताए । पुनका अनुसार जिल्लाका किसानले ६ हजार ७३४ क्षेत्रफलमा वार्षिक मकै खेती गर्दे आएका छन् ।

    भरतपुर महानगरपालिका–२५ का कृषक लेखनाथ भुसालले राम्ररी हुर्कदै गरेको मकैका बिरुवा खडेरीको कारण अहिले धमाधम मकै ओइलाउन थालेका र पात सुक्न थालेका कारण आफूहरु चिन्तित हुन थालेको बताउँछन् । दुई बिघामा मकै खेती गरेको उनले बताए । चैतको अन्तिमबाट खडेरी लाग्न सुरु भएको र अहिलेसम्म वर्षा हुन नसक्दा बोरिङको पानी लगाउन बाध्य भएको उनले बताए । बोरिङको पानी लगाए पनि दुई तिन दि पछि पुनःपानी लगाउनुपर्ने बताए । उनले भने, ‘पटक–पटक पानी लगाए पनि खेती बाली राम्रो भए त हुने थियो । तर, के गर्ने बोरिङको पानी लगाउँदा आकाशको पानीले जस्तो बारी भिज्दैन, मकैको फूलमा पानी पर्दैन, जसको कारण मकैबाली राम्रो हुँदैन ।

    कालिका नगरपालिका–३ का किसान अचित सिम्खंडाले खडेरीले मकै सखाप पारेको बताए । उनले १० कठ्ठामा मकै लगाएको बताउँदै पानी नपर्नाले मकैको पात ओइल्याउने र सुक्ने भएको बताए । उनले भने, ‘सुरुसुरुमा खडेरी पर्दा मकै मर्दैन होला भन्ने थियो, तर झनै खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेका कारण यसपटक मकै खेती बर्बाद हुने अवस्था आएको छ ।’

    भरतपुर–१६ का किसान सूर्यबहादुर ढकालले खडेरीले मकै बालीमा नकरात्मक असर परेको दुःखेसो पोखे । उनले १० कठ्ठामा मकै खेती गरेको बताए । उनले भने, ‘हिउँदमा पनि एक पटक पानी परेन अहिले पनि परेको छैन जसको कारण हिउँदमा लगाएको मकैमा पनि इनारको पानी पटकपटक लगाउनु परेको थियो तर अहिले त्यही पानी पनि सकेको छ । यसरी पटक–पटक पानी लगाए पनि खेतीबाली राम्रो भए त हुने थियो । तर, के गर्ने इनारको पानी लगाउँदा आकाशको पानीले जस्तो बारी भिज्दैन, मकैको फूलमा पानी पर्दैन, जसको कारण मकैबाली राम्रो हुँदैन । यस्तै लामो समयसम्म झरी नपर्दा इनारमा पनि पानी सुक्दै गएकोले मोटरले पानी तान्न छोडेको उनको दुःखेसो छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.