सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डमा ढिडोसहितको नेपाली खाना खुवाउने ‘सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट’


  •    न्युजभित्तो/२९ बैशाख २०८०, शुक्रबार १२:१५ 
  • चितवन, २९ वैशाख । मुग्लिन–नारायणगढ सडक टिपिकल नेपाली खाना सहित ढिडो खुवाउने गरी सोल्टी भिलेज एण्ड रिभरभ्यु रेष्टुरेण्ट सञ्चालनमा आएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ पाँच किलो स्थित राजमार्गसँगै रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।

    यो राजमार्ग हुँदै यात्रा गर्नेले लोकल कुखुराको मासु, त्रिशुलीको लोकल माछा सहित नेपाली टिपिकल खाना र ढिंडो खान पाईने भएको छ । रेष्टुरेढटमा नेपाली टिपिकल खाना पाईने संचालक चित्र सोल्टी गुरुङले बताउनुभयो । होटल संचालक गुरुङका अनुसार होटलमा नेपाली खाना सेट दालभात तरकारी अचारका साथै कोदो र मकैको ढिंडो खान पाईन्छ । सिस्नो पनि हप्तामा एक दिन खान पाईने उहाँले जानकारी दिनुभयो ।

    त्रिशुलीको माछा, बफ सुकुटी, सेकुवा लगायत स्थानी उत्पादनको स्वाद रेष्टुरेन्टमा पाईने उहाँको भनाई छ । रेष्टुरेण्टमा बसेर त्रिशुली नदीको सुन्दर दृश्यहरु हेर्दै आनन्दले खाना खान सकिने गुरुङको भनाई छ । रेष्टुरेण्टमा स्थानीय कृषि उत्पादनहरु मह, बोडी, मासको दाल, बेसार लगायतका वस्तुहरु समेत कोसेलीको रुपमा खरिद गरि लैजाने व्यवस्था गरिने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.