सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका कवि, लेखक तथा कलाकारहरु भोलि देशमा फैलिएको भ्रष्टचारको सञ्जाल तोड्न सडकमा उत्रने


  •    न्युजभित्तो/२७ बैशाख २०८०, बुधबार १६:२९ 
  • चितवन,२७ वैशाख। चितवनका कवि, लेखक तथा कलाकारहरु भोलि देशमा फैलिएको भ्रष्टचारको सञ्जाल तोड्न सडकमा उत्रने भएका छन् ।

    देशव्यापीरुपमा भ्रष्टचार र कुशासनको विरुद्ध जनलहर देखिएपछि त्यसलाई अझ सशक्त बनाउन चितवनका कवि, लेखक र कलाकारहरु सडकमा उत्रन लागेका हुन् ।
    भोलि बिहीबार दिउँसो ४ बजे भरतपुरको चौबिसकोठीमा उनीहरुले भ्रष्टचारविरुद्ध गीत, कविता र व्यङ्ग्यहरु प्रस्तुत गर्ने कार्यक्रमको परिकल्पनाकार मध्ये एक कवि भूपिन खड्काले नारायणी अनलाइनलाई जानकारी दिए ।

    भूपिनले भने, ‘ देशमा देखिएको भ्रष्टचारविरुद्धको जनलहरलाई सम्बोधन गर्न चितवनका पनि केही गर्नुपर्छ भनेर यो कार्यक्रम गर्न लागिएको हो । यो अभियान देशव्यापीरुपमा गएमा यसले अर्काे जनआन्दोलनको रुप पनि लिन सकिन्छ । भ्रष्टचारविरुद्ध तात्न लागेको फलामलाई अझ तताएर नागरिकको अपेक्षालाई तात्विक निष्कर्षमा पुर्‍याउन पनि यसप्रकारको अभियान जरुरी छ ।’ खुलारुपमा सडकमा हुने कार्यक्रममा सबै कवि,लेखक, कलाकारहरु उपस्थित हुन उनले सबैलाई आव्हान गरेका छन् । कवि भूपिनले यसअघि प्रजातन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा दोस्रो जनआन्दोलनमा र डा गोविन्द केसीको पक्षमा पनि यस्तै सडक कविता अभियानहरु सञ्चालन गरिएको जनाए ।

    भ्रष्टचार विरुद्धको भोलि हुने कार्यक्रमको योजना बनाउन भरतपुर महानगरपालिकाका उपकुलपति कवि ईन्द्र रेग्मी, साहित्यकारहरु रमेश प्रभात, ईश्वर कँडेल, प्रकाश चापागाइँ, माया घोताने गुरुङ, लेखराम सापकोटा, आकाश पौडेल, गणेश श्रमण, जनकराज सापकोटा, प्रभाकर पण्डित, समालोचक तथा लेखक उदय अधिकारी, गायक तथा संगीतकार सहनलाल प्रधान, लेखक जीवन क्षेत्रीले आज अन्तरक्रिया गरेका थिए ।उनीहरुले भ्रष्टचारविरुद्धको अभियानमा कुनै राजनीतिक दलको घेराभन्दा माथि उठेर काम गर्न पनि सरकार र गृह प्रशासनलाई अनुरोध गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.