सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारीको भवन निर्माणार्थ सहयोग जुट्ने क्रम जारी, एमाले चितवनले दियो एक लाख बढी


  •    न्युजभित्तो/२६ बैशाख २०८०, मंगलवार १८:१९ 
  • चितवन, २६ बैशाख । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नेकपा (एमाले) चितवनले आर्थिक सहयोग गरेको छ ।  एमाले जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई आज १ लाख १ हजार १ सय २१ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

    भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीचोक नजिकै प्रेस चौतारीको देशकै पहिलो भवन निर्माण थालिएको छ । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एमाले अध्यक्ष न्यौपानेले चितवन चौतारीले आफ्नो भवन बनाउन सुरू गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पार्टीका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले पार्टी निकटका शुभेच्छुक, समर्थक र विभिन्न पेशागत संघ संगठनहरुलाई पनि चौतारीको भवन बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो ।

    सो कार्यक्रममा एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, एमाले नेता यमबहादुर परियार, जिल्ला सचिव शैलेस खनाल, कार्यालय सचिव श्याम विष्ट, चौतारीका संस्थापक अध्यक्ष रामबावु सुवेदी, पूर्व केन्द्रीय सदस्य तिलक रिमाल, पत्रकार महासंघका सहसचिव आनन्द पोखरेल लगायतको सहभागीता रहेको थियो ।

    समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा चौतारी चितवनले तीन तले सुविधासम्पन्न भवन बनाउने कामको थालनी गरेको छ । भवन निर्माण समितिका संयोजक समेत रहेका चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले थोपाथोपा मिलेर सागर बन्छ भने जस्तै सबैको सानोसानो सहयोगले चौतारीको देशकै पहिलो भवन चितवनमा बनाउने अठोटका साथ अगाडि बढेको बताउनुभयो । उहाँले भवन निर्माणमा सबैबाट सक्दो सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

    भवनको हालै शिलन्यास गरेर निर्माण प्रक्रिया शुरु भईसकेको छ । आर्थिक सहयोगका लागि चौतारीले भवन निर्माणको छुट्टै खाता सञ्चालन गरेको छ । सहयोगदाताले बैंकको क्यूआरकोड स्क्यान गरी सहयोग गर्न सकिने व्यवस्था गरिएको चौतारी चितवनले जनाएको छ ।

    (तलको क्यूआरकोर्ड स्क्यान गरी आर्थिक सहयोग गर्न सकिन्छ ।)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.