सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नौ महिनामा सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरे


  •    न्युजभित्तो/२६ बैशाख २०८०, मंगलवार ११:४२ 
  • चितवन,२६ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यस आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म २ लाख २१ हजार ५०३ जनाले निकुञ्जको अवलोकन गरेका छन् ।

    तीमध्ये एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्र र ३९ हजार ४०५ जना अन्य देशका पर्यटक रहेको तिवारीले बताए । नौ महिनामा निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या गत वर्षभन्दा धेरै हो । चितवन निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष १ लाख ९० हजार ४५८ जना पर्यटकले अवलोकन गरेका थिए ।

    आर्थिक वर्ष २०७५/७६ मा १ लाख ८७ जनाले अवलोकन गरेका थिए । ‘पछिल्ला १० वर्षमा २०७५/७६ मा धेरै पर्यटकले निकुञ्ज घुमेका थिए । त्यसपछि कोभिड–१९ को असर प¥यो । यस वर्ष निकुञ्ज घुम्ने पर्यटकको संख्या निकै बढेको छ,’ तिवारीले भने, ‘नौ महिनामा निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या विगतमा वर्षभरिमा घुम्नेको संख्याभन्दा बढी छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.