कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा एक जना पक्राउ
न्युजभित्तो/२२ बैशाख २०८०, शुक्रबार १३:२६
चितवन,२२ वैशाख। चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बझाङ छबिसपाथिभेरा–१ घर भई हाल भरतपुर–८ बस्ने बर्ष ३६ को जिवन बहादुर रावललाई जितपुर सिमरा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
व्यवसायी कँडेल वैशाख १९ गते साँझ भरतपुर–३ स्थित आफ्नै अफिसमा झुण्डिएको अवस्थामा भेटिएका थिए । अनमोल फिड्सका लेखा प्रमुख रावल र उद्योगी प्रदिप रुङ्गटा मिलेर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । रुङ्गटालाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले सम्झौता अनुसार तिर्नुपर्ने रकम नदिएर तनाव दिने गरेको कँडेलले सुसाइड नोटमा उल्लेख गरेको परिवारले जनाएको छ । किटानी जाहेरीमा नाम उल्लेख भएका दुई आरोपीलाई तत्काल पक्राउ गर्न माग गर्दै हिजो चितवनका उद्योगी व्यवसायी र कांग्रेसले आन्दोलन गरेका थिए । कँडेल चितवन कांग्रेसको पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य थिए ।