सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवसायीहरुको प्रश्नः कँडेलले आत्महत्या गर्नुपर्ने अवस्था कसरी आयो ?


  •    न्युजभित्तो/२० बैशाख २०८०, बुधबार १५:५८ 
  • चितवन,२० वैशाख। चितवनका पोल्ट्री र दाना व्यवसायसँग सम्बन्धित व्यवसायीहरुले सफल व्यवसायी शंकरप्रसाद कँडेलले आत्महत्या गर्नुपर्ने अवस्थाबारे अबिलम्ब सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष मनोज रानाभाट, चितवन नवलपुर दाना बितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल लेयर्स कुखुरा कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेशका अध्यक्ष परशुराम अधिकारी र नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनालले संयुक्तरुपमा आज विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी व्यवसायीलाई आत्महत्या गर्न बाध्य पार्नेहरुलाई कानुनी कारबाहीको माग गरेका हुन् ।

    उनीहरुले बिगत १५ वर्षदेखि पशुपंक्षीको लागि दाना उत्पादन, चल्ला उत्पादन र अण्डा उत्पादन गर्दै करिब १५० जनालाई रोजगारी दिँदै आएका व्यवसायी कँडेलको निधनले सिंगो नेपाली पोल्ट्री क्षेत्र मर्माहत र दुःखी भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा कँडेलले आत्हत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना हुनपुग्यो त्यसतर्फ राज्यका निकायहरु गम्भीर र जिम्मेवार हुनुपर्ने जनाइएको छ ।

    विज्ञप्तिमा भनिएको छ , ‘देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीको कारण उद्योग व्यवसायीहरुलाई बैँक तथा बित्तीय संस्थाहरुले दिने तनाव, उद्योग व्यवसाय सञ्चालनको लागि पूँजीको अभाव, उधारो कारोबार गर्नुपर्ने अवस्था, उधारो असुलीमा हुने ढिलासुस्तीको कारण चालुपूँजीको अभाव यावत कारण व्यवसायीहरु अत्यन्त कठिन अवस्थामा गुज्रन परेको छ । शंकरप्रसाद कँडेलको असमायिक निधनको सत्यतथ्य छानबिन गरी उहाँलाई मृत्युवरण गर्न बाध्य पार्ने तत्वहरुको पहिचान गर्नको लागि हामी जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा व्यवसायी कँडेललाई आत्महत्या गर्न बाध्य पार्ने तत्वहरुको पहिचान गरी आत्महत्या दुरुत्साहन कानुनअनुसार कारबाही गर्नको लागि माग गरिएको छ । विज्ञप्तिमा उद्योग व्यवसाय सञ्चालन गरी रोजगारीको अवस्था सिर्जना गर्ने, देशको अर्थतन्त्रमा सहयोग पु¥याउने व्यवसायीहरुले मृत्युवरण गर्न बाध्य हुनु चिन्ताको विषय भएकोले राज्य जिम्मेवार र गम्भीर बन्न माग गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.