सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोल्ट्री व्यवसायी कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला


  •    न्युजभित्तो/२० बैशाख २०८०, बुधबार ११:२१ 
  • चितवन,२० वैशाख। मंगलबार साँझ झुण्डिएको अवस्थामा फेला परेका भरतपुर–३ बेलचोक निवासी पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ । आठ पेज लामो सुसाइड नोटमा आर्थिक कारोबारमा भएको समस्याबारे उल्लेख गरिएको छ ।

    पछिल्लो एक हप्तादेखि व्यवसायी कँडेललाई कसैले तनाव दिइरहेको पाइएको नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले जानकारी दिए ।

    ‘हामिले परिवार, वकिल र पार्टीका नेताहरुसँग बसेर छलफल गर्दै छौँ । आठ पेजको सुसाइड नोट पनि फेला परेको छ’, उनले भने, ‘त्यसमा व्यवसायीक कुराहरु छन् । उहाँलाई विगत एक हप्तादेखि तनाव दिएको बुझिएको छ । अनुसन्धानले भोलि के देखाउँछ त्यो हेर्न बाँकी नै छ ।’

    कँडेल चितवनको पोल्ट्री क्षेत्रमा सफल व्यवसायीको रुपमा परिचित थिए । उनी नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष र वर्तमान महासमिति सदस्यसमेत रहेका थिए ।

    उनको शवलाई भरतपुर अस्तपालको शवदाह गृहमा राखिएको छ । कँडेलको मृत्युले चितवनको व्यावसायीक क्षेत्रमा ठूलो क्षति पुगेको व्यवसयीहरुले बताएका छन् । कँडेल उद्योग वाणिज्य संघ चितवनको पूर्व कार्यसमिति सदस्य पनि हुन् ।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले एउटा सफल युवा उद्यमीको निधनले चितवनको व्यवसाय क्षेत्र स्तब्ध बनेको बताए । ‘उहाँ उद्यमीहरुको लागि प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो । उहाँको निधनले हामीलाई चोट पुगेको छ’, उनी भन्छन्, ‘घटनाको विषयमा वास्तविकता आउनुपर्छ ।

    चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले पोल्ट्री क्षेत्रकै महान हस्तिका रुपमा परिचित कँडेलको निधनले व्यवसायीको अवस्थालाई इंकित गरेको बताए । आर्थिक मन्दिका कारण अहिले उद्योगी व्यवसायी कोहि पनि खुसी हुन नसकेको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.