सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्यांक संकलन गर्दै भरतपुर महानगर


  •    न्युजभित्तो/१४ बैशाख २०८०, बिहीबार १६:१० 
  • चितवन,१४ वैशाख। भरतपुर महानगरपालिकाले वैशाख १६ गतेबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको विवरण संकलन गर्ने भएको छ । कामको सिलसिलामा विभिन्न मुलुकमा गएका भरतपुर भित्रका व्यक्तिहरुको सही दस्तावेज निर्माण गर्न विवरण संकलन गर्न लागिएको भरतपुर महानगरपालिकाले जनाएको हो

    महानगरका २९ वटै वडामा गएर गणकहरुले वैदेशिक रोजगारीमा गएका घरपरिवारका सदस्यसँग यथार्थ विवरण संकलन गर्ने छन् । त्यसका लागि आज भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारसम्बन्धी तथ्यांक संकलन, अभिलेखीकरण तथा पाश्वचित्र निर्माण गर्न गणकहरुलाई दुई दिने अभिमुखीकरण कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

    स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलले भरतपुर महानगरपालिकाका प्रत्येक वडाबाट एक एक जना गणकहरुलाई प्रशिक्षण दिएर सम्बन्धित वडामा खटाइने बताइन् । यो कार्य महानगरको एक महत्वपूर्ण कार्य हो पौडेलले भनिन्, ‘महानगरले अब वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको दस्तावेज निर्माण गर्ने छ ।’ गणकहरुले आगामी असार १५ भित्रमा तथ्यांक सकलन गरेर महानगरपालिकामा बुझाइ सक्नुपर्ने पौडेलको भनाइ छ ।

    वडामा जाने गणकहरुले वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको घर घरमा गएर उनीहरुको पारिवारिक विवरणका साथै लिंग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, बुझेर गए नगएको, सीप सिके नसिकेको, मान्यता प्राप्त म्यानपावरबाट गए नगएको, वैदेशिक रोजगारीबाट फर्कनुको कारण, फर्केर आएपछि ब्यापार ब्यबसाय गरे नगरेको जस्ता थुप्रै विवरणहरु अध्याबधिक गर्ने छन् ।

    प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका उपमेयर चित्रसेन अधिकारीले महानगरपालिकाले एक महत्वपूर्ण दस्तावेज निर्माण गर्न लागेको प्रष्ट पारे । यो दस्तावेज निर्माण भएपछि वैदेशिक रोजगारीमा गएकाहरुको यकिन तथ्यांक आउने र फर्केर आएकाहरुले महानगरपालिकाबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुराको प्रष्ट खाका तयार बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.