सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका वर्डफ्लु पीडित किसानलाई राहत


  •    न्युजभित्तो/१४ बैशाख २०८०, बिहीबार १५:५९ 
  • चितवन,१४ वैशाख।  जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । सङ्घीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२देखि २०७९ असार ७ गतेसम्म जिल्लामा वर्डफ्लुको सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट गरिएको थियो । नष्ट भएका अन्य बस्तुसमेत मूल्याङ्कन गर्दै सरकारले ७५ प्रतिशत राहत रकम उपलव्ध गराएको उहाँले बताउनुभयो ।

    प्रमुख केसीले भन्नुभयो “वर्डफ्लु पीडित किसानलाई रु ३१ करोड ९१ लाख ३१ हजार सात सय ४९ राहत रकम आएको छ । यो रकम वितरणको काम सुरु भएको छ । पीडित किसानको खातामा सोझै भुक्तानी पुग्ने गरी काम अघि बढाइएको छ । ”

    उहाँले भन्नुभयो, “३७ फर्मको मात्रै रकम आएको छ । कुनै दोहोरिएको र कसैको कागज नपुगेका कारण राहत रकम कम आएको हो ।” तीन लाख ६९ हजार तीन कुकुरा, सात लाख तीन हजार छ सय २५ अण्डा र ९८ हजार सात सय २८ किलो दानाका लागि सो रकम प्राप्त भएको कार्यालयले जानाएको छ । जिल्ला दररेट समितिबाट रु ४२ करोड ५५ लाख आठ हजार नौ सय ९९ क्षति भएको सिफारिस गरिएको थियो ।

    वर्डफ्लुका कारण जिल्लामा तीन लाख ७२ हजार छ सय १२ पक्षी नष्ट गरिएको होे । वर्डफ्लुको असर सबैभन्दा धेरै लेयर्स कुखुरामा परेको र विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार एक सय ११ वटा नष्ट गरिएको थियो ।

    यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, बोइलर आठ सय ९६, टर्की पाँच सय वटा नष्ट गरीएको थियो । स्थानीय जातका कुखुरा एक सय ३२, हाँस ३६ र बट्टाई आठ वटा नष्ट गरिएको प्रमुख केसीले जानकारी दिनुभयो । सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार पाँच सय ६४, क्रेट एक लाख २८ हजार नौ सय २० वटा नष्ट गरिएको थियो ।

    दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा छ हजार तीन सय, हाँसको अण्डा २० वटा, अण्डा राख्ने कार्टुन दुई हजार पाँच सय वटा, डाला छ हजार ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.