सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई तिहाइ सरकारको मूल्याङ्कन जनताले गरिराखेका छन् : नेकपा नेता नेपाल


  •    न्युजभित्तो/१८ आश्विन २०७६, शनिबार २२:०७ 
  • भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन नेपाली जनताले गरिराखेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति, भक्तपुरले सूर्यविनायकमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

    नेकपा र सरकार यतिखेर अग्नि परीक्षामा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले सरकार र नेकपाको अग्नि परीक्षा शुरु भएको छ, वडा, नगर, प्रदेशदेखि केन्द्रसम्ममा भएको कामको जनताले मूल्याङ्कन गरिरहेका छन् ।” नेता नेपालले दुई तिहाइको यो सरकारले गरिरहेको कामको परिणाम आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले देखाउने उल्लेख गर्दै अधिकांश नेकपाका नेताले जितेको स्थानमा उपनिर्वाचन हुने भएकाले ती स्थानमा आफ्नो शान जोगाउनुपर्ने बताउनुभयो ।

    उहाँले हिजो के भएको थियो भन्नुभन्दा पनि अहिले के गर्ने हो त्यसको योजना बनाएर काम गर्नुपर्ने भन्दै काम गर्दा कमीकमजोरी भए स्वीकार गर्ने र सुधार गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई खुशी पार्ने ढङ्गबाट काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकार र नेकपामाथि आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “अरूलाई हिलो छ्याप्नुभन्दा पहिला आफूलाई हेर्नुस्, आफूले के गरे, भन्ने आफैँ समीक्षा गर्नुस् ।”

    कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अहिलेकै पूँजीवादी कार्यशैलीबाट समाजवादतर्फ उन्मुख हुन नसकिने भएकाले पूँजीवादी चरित्र र सामन्तवादको अन्त्य अपरिहार्य रहेको बताउनुभयो । प्रतिष्ठानका जिल्ला अध्यक्ष धु्रवराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिलीप प्रजापति, केन्द्रीय सदस्य तथा जिल्लाका सह इन्चार्ज सोम मिश्रलगायतले दुई तिहाइ सरकारसँग जनताका असीमित अपेक्षा भएकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्य गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.