सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा शुरु


  •    न्युजभित्तो/१८ आश्विन २०७६, शनिबार २१:४१ 
  •    टेकराज पोखरेल

    नवलपुर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ ।

    चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५ दशमलव ५ किलोमिटर रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायात शुरु गरिएको हो ।

    आयुष्मा मोटरबोट कम्पनी प्रालिले सञ्चालन गरेको यस जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताउनुभयो । शुरुआती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले दुई महिनाभित्र एउटा ‘स्मल क्रुज’ समेत थपिने जानकारी दिनुभयो ।

    सात महिना अगाडि नेपाल सरकारबाट मोटरबोट सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले १४ सिट र १० सिट मोटर बोटबाट यात्रा शुरु गराएको हो । आउँदो वर्षसम्म रु तीन करोडदेखि रु पाँच करोडसम्मको लगानी गर्ने बताउँदै अध्यक्ष अधिकारीले दुई महिनाभित्र ४० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने बताउनुभयो ।

    दृश्यावलोकनका लागि लक्षित गर्दै दुई तलाको ‘स्मल क्रुज’ सञ्चालन गरिने बताउँदै अधिकारीले सो ‘क्रुजमा लक्जरी सिट’ र माथि ‘ओपन चियर सिट’ राखिने जानकारी दिनुभयो ।

    कम्पनीका उपाध्यक्ष एवम् व्यवस्थापक गणेशबहादुर थापाका अनुसार नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवर्धन गर्न मोटरबोट सञ्चालन गरिएको हो । “नारायणी, कोशी, कर्णाली जस्ता नेपालको ठूला नदीमा जल यात्रा सम्भव छ भनेर हामीले मोटरबोट सञ्चालन गरेका हौँ”, थापाले भन्नुभयो, “यस जलयात्राले नेपाल भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन थप मद्दत पुग्छ ।” सरकारले पानी जहाज सञ्चालन गर्ने नीति ल्याएको अवस्थामा आफूहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रामार्फत रमाइलो प्रदान गर्न मोटरबोट सञ्चालन गरेको थापाले बताउनुभयो ।

    मोटरबोटबाट चितवनको जलवीरे झरना, ऐतिहासिक धार्मिक तीर्थस्थल देवघाट धाम, गैँडाकोटको मौलाकालिकासहित रमणीयस्थल, नारायणगढ बजार, शिवघाटजस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ । नारायणी र त्रिशूली नदीमा शुरु भएको जलयात्राको दूरी बढाउनका लागि पहल भइरहेको आयोजकले जनाएको छ । पृथ्वी राजमार्गमा पर्ने फिस्लिङबाट चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गोलाघाटसम्मको जलयात्राको अनुमति लिनका लागि सङ्घीय सरकारसँग कुराकानी अगाडि बढाइएको थापाले बताउनुभयो ।

    हाल निर्धारण गरिएको ४५ दशमलव ५ किलोमिटरको दूरीमा जलयात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन हजार ५०० तोकिएको छ । जलयात्राका लागि तिरिएको शुल्कमा एक छाक खाजा, एक छाक खाना तथा एक रात होटलमा बास बस्ने व्यवस्था गरिएको कम्पनीका मार्केटिङ प्रमुख समीर श्रेष्ठले बताउनुभयो ।

    जलयात्रा गर्न चाहने जोडीका लागि टिकट शुल्कमा १० प्रतिशत छुट प्रदान गरिने श्रेष्ठले बताउनुभयो । दुई घण्टाको प्याकेज बनाएर दृश्यावलोकन गर्दै पर्यटकलाई जलयात्रा गराइने श्रेष्ठको भनाइ छ । आन्तरिक पर्यटकका लागि रु तीन हजार ५०० तोकिएको भएपनि बाह्य पर्यटकका लागि छुट्टै शुल्क निर्धारण गरिने उहाँको भनाइ छ ।

    जलयात्रामा त्रिशूलीतर्फ नदीको बहाव केही उच्च भएकाले केही स्थानमा उद्धारका लागि कायक बोट राखिएको श्रेष्ठले बताउनुभयो । मोटरबोटको उद्घाटन गर्दै प्रदेशसभा सदस्य घनश्याम दाहालले सो जलयात्रालाई त्रिवेणी धामसम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो ।

    “त्रिवेणीसम्म मोटरबोट सञ्चालनका लागि थुप्रै बाधा रहेका छन्”, दाहालले भन्नुभयो, “यस्ता बाधा हटाउँदै समृद्धिको यात्रामा अगाडि बढ्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्छ ।” जल यातायातलाई त्रिवेणी धामसम्म पुर्याउन सकेको खण्डमा ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रममा पर्यटक भित्र्याउन सकिने दाहालको भनाइ छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.