सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालयका डिनमाथि छानबिन गर्न बनेको समितिका संयोजकले दिए राजीनामा


  •    न्युजभित्तो/५ चैत्र २०७९, आईतवार १४:४० 
  • चितवन,५ चैत्र। कृषि तथा वन विश्वविद्यालयका डिनको विषयमा छानबिन गर्न बनाइएको समितिका संयोजक र सदस्यले राजीनामा दिएका छन्।

    कृषि संकायका डिन प्राध्यापक जयप्रकाश दत्तले जुम बैठकमा महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक भएपछि उपकुलपति पुण्यप्रसाद रेग्मीले सेवा निवृत्त प्राध्यापक डाक्टर श्रवणकुमार साहको संयोजकत्वमा छानबिन समिति बनाएका थिए। आज उपकुलपतिलाई पत्र लेखेर संयोजक साह र सदस्य प्राध्यापक नारायणराज जोशीले राजीनामा दिएका हुन्।

    उपकुलपतिले डिन दत्तसँग सम्बन्धित सामाजिक सञ्जालमा देखिएको विषयवस्तु संवेदनशील भएको हुँदा सो सम्बन्धमा के कसो भएको हो अध्ययन गरी सत्य तथ्यसहित राय सुझाव प्रतिवेदन पेश गर्न समितिलाई म्यान्डेट दिएका थिए।

    ‘हामीमा उक्त विषयसम्बन्धी कुनै सीप तथा दख्खल नभएको हुँदा असमर्थता प्रकट गरी राजीनामा पेश गर्दछौं, ‘ उनीहरूले पत्रमा लेखेका छन्। उनीहरूले आफ्नो कार्यव्यस्तता र स्वास्थ्यका कारणले पनि छानबिनमा समय दिन नसक्ने बताएका छन्।

    चैत ३ गते उपकुलपति रेग्मीले साह संयोजक, जोशी र प्रा।डा। दुर्गा देवकोटा सदस्य रहेको छानबिन समिति बनाएका थिए।

    विश्वविद्यालयको शिक्षक कर्मचारी सेवा नियमावलीको दफा ६९ को ‘कुमा आफ्नो कर्तव्य पालनामा लापरबाही गरेमा सम्बन्धित शिक्षक तथा कर्मचारीलाई सेवाबाटै हटाउन वा बर्खास्त गर्न सक्ने उल्लेख छ। तर विश्वविद्यालयले उनलाई राजनीतिक रूपमा संरक्षण गर्न खोजेको आरोप अन्य शिक्षक, कर्मचारीको छ।

    ‘उनलाई सेवाबाटै बर्खास्त गर्नुपर्नेमा छानबिनका लागि समिति बनाएर चोख्याउने प्रयास गरिएको छ। राजनीतिक आवरणमा संरक्षण गर्न खोजिँदैछ, ‘एक कर्मचारीले भने।

    डिन दत्त नेकपा (माओवादी केन्द्र) निकटका हुन्। उनी दोस्रो पटक कृषि संकायको डिनमा नियुक्त भएका थिए।

    आफैंले राखेको जुम बैठकमा भिडिओ अन नै राखेर महिला कर्मचारीसँग अश्लिल हर्कत गरेपछि उनलाई कारबाही गर्न विश्वविद्यालयमाथि दबाब छ। स्रोतः सेतो पार्टी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.