सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा स्ववियु निर्वाचन : विद्यार्थी संगठनका नेता के भन्छन् ?


  •    न्युजभित्तो/२ चैत्र २०७९, बिहीबार ११:४४ 
  • चितवन,२ चैत्र। चितवनको तीन आंगिक र १४ पब्लिक गरी १७ वटा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । क्याम्पसहरुमा निर्वाचन कार्य तालिका अनुसार प्रक्रिया अघि बढ्न सकेको छैन । आंगिक क्याम्पसमा मतदाता र उमेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने केहि पब्लिक क्याम्पसमा अन्यौलता सिर्जना भएको छ ।

    क्याम्पसहरुमा विभिन्न विद्यार्थी संगठनले लगाएका ताला प्रहरीले फुटालिसकेको छ । नेकपा एमाले निकटको अनेरास्ववियु स्ववियु निर्वाचन एक्लै लड्दै छ भने सत्ता गठबन्धन दल निकटका विद्यार्थी संगठनहरु चुनावी तालमेल गर्ने प्रयासमा छन् ।

    सप्तगण्डकी, मैयादेवी र बालकुमारीमा निर्वाचन कार्यतालिका अनुसार काम हुन सकेको छैन । सप्तगण्डकीमा हिजो माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका विद्यार्थीले तोडफोड गरेपछि निर्वाचनको प्रक्रिया अन्यौल बनेको छ । कलेजले डाटा चुहाएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् ।

    स्ववियु निर्वाचन निर्धारित समयमै हुनुपर्ने एमाले निकटको अनेरास्ववियु चितवनका सह–संयोजक हरी आचार्यले बताए । ‘हामी चुनाव हुनुपर्छ भन्ने पक्षमा छौँ । हार जीतमा डराउदैनौँ’, उनले भने, ‘हा¥यौँ भने संगठन बलियो बनाउनतर्फ लाग्छौँ । जित्यौँ भने विद्यार्थीको पक्षमा काम गर्छाैँ । संगठनलाई अझ सशक्त बनाउछौँ ।’ अनेरास्ववियु १७ वटै क्याम्पसमा एक्लै चुनावी मैदानमा छ ।

    पब्लिक क्याम्पस संघले आफ्नो अनुकुल निर्वाचन कार्य तालिका हेरफेर गर्न पनि सक्नेछन् । कांग्रेस निकटको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेश भुसालले पनि सबै क्याम्पसले चुनाव गराउनेमा विश्वस्त रहेको बताए । नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले चुनावमा गठबन्धन गर्दै छन् ।

    विरेन्द्र क्याम्पस, माडी क्याम्पस, अमरजंग र चितवन इन्जिनियरिङ क्याम्पसमा गठबन्धन टुंगिसकेको उनले बताए । अन्य क्याम्पसमा गठबन्धन टुंगिनसकेको तर गठबन्धनको लागि प्रयास भइरहेको उनले जानकारी दिए । ‘सबै क्याम्पसमा माओवादीसँग गठबन्धनको प्रक्रिया अघि बढेको हो । केहिमा भइसक्यो, केहिमा बाँकी छ’, उनले भने । संगठनभित्र एक–दुई स्थानमा देखिएका विवादहरु पनि समाधान भइसकेकाले निर्वाचन सहज किसिमले जित्ने उनको दाबी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.