सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा लेखन वृत्तिका लागि अक्षय कोष स्थापना गर्न बीएम फाउण्डेसन र पत्रकार महासंघ बिच सम्झौता


  •    न्युजभित्तो/२४ फाल्गुन २०७९, बुधबार १६:३१ 
  • चितवन,२४ फाल्गुन। स्व. विष्णुमाया खरेल लामिछानेको स्मृतिमा लेखन वृत्तिका लागि अक्षयकोष स्थापना हुने भएको छ । अक्षय कोष स्थापनाका लागि बीएम फाउण्डेसन र नेपाल पत्रकार महासंघ चितवनसँग आज सम्झौता भएको छ ।

    क्यान्सर रोगका कारण तीन वर्षअघि निधन हुनुभएकी भरतपुर निवासी लामिछानेको स्मरणमा क्यान्सर रोगको सचेतनासम्बन्धी लेखन वृत्तिका लागि लामिछाने परिवारले स्थापनाका गर्न लागेको हो ।

    सम्झौतामा फाउण्डेशनका तर्फबाट डा। प्रमोद लामिछाने र महासङ्घका तर्फबाट अध्यक्ष नारायण अधिकारीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार तत्काल रू पाँच लाख बिउ पूँजी राख्ने र अक्षय कोषबाट प्राप्त ब्याज रकममा थप गरी प्रत्येक वर्ष रू १ लाखको लेखन वृत्ति रकम खर्च गरिनेछ ।

    सम्झौतापछि लामिछानेले अक्षयकोषमा क्रमशः रकम वृद्धि गरी रू २० लाख पु¥याउने लक्ष्य रहेको बताउनुभयो । कोषबाट प्राप्त ब्याज र लामिछाने परिवारले थप्ने रकमबाट पत्रकारलाई क्यान्सर सचेतनासम्बन्धी लेखन वृत्ति प्रदान गरिनेछ । संकलिन लेख समावेश गरी प्रत्येक वर्ष फाउण्डेशनले पुस्तक प्रकाशन गर्नेछ ।

    लेखन वृत्तिसम्बन्धी कार्यविधि महासङ्घले बनाउने जिल्ला अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । महासङ्घले पछिल्लो समय लेखन वृत्तिका लागि अन्य निकायहरुमा पनि पहल गर्दै आएको छ ।

    कार्यक्रममा डा लामिछाने, अध्यक्ष अधिकारी, डा लामिछानेका पिता कृष्णप्रसाद लामिछाने, स्व। लामिछानेकी दिदी सामाजिक व्यक्तित्व मिना खरेल लगायतले भनाइ व्यक्त गर्नुभएको थियो ।

    स्व। लामिछाने र प्रमोद लामिछानेले भरतपुरमा हाडजोर्नीसम्बन्धी अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर स्थापना गरी सञ्चालन हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.