सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


  •    न्युजभित्तो/५ फाल्गुन २०७९, शुक्रबार ११:५९ 
  • भरतपुर, ५ फागुन । भरतपुर महानगरपालिका वडा नं. १०, हाकिमचोकमा रहेको अर्किड स्कूलको १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । स्कूलले बिहीबार विशेष कार्यक्रम गरी दिवस मनाएको हो ।

    कार्यक्रमको चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि रहनु भएको छ । संचालक समितिका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा विशिष्ट अतिथि राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल, वडा नं १० का वडाध्यक्ष परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख भूमिलाल सुवेदी, भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, भरतपुर महानगर संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम खनाल लगायत रहनु भएको थियो ।

    विद्यालयका सहप्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्राचार्य डा. खेम आचार्यले शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। उक्त समारोहमा वार्षिक मुखपत्र ‘सुनगाभा’ लोकार्पण गरिएको छ। यसैगरी, जेष्ठ अभिभावकहरुलाई सम्मान गरिएको छ ।

    कार्यक्रमको मुख्य आकर्षणमा ह्याण्डिक्य्राफ्ट एक्स्पो, फुड फेस्ट, विज्ञान पर्दर्शनी आदि रहेका थिए। सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए । स्काउट ट्रुपको मार्च पास र तेक्वाण्डो खेलाडीका रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो। साथै, विशेष पुरस्कारद्वारा विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थिए। औपचारिक सत्र र सांस्कृतिक कार्यक्रम क्रमशः शिक्षकद्वय मनोज पन्त र प्रतीक्षा श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.