सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको जनजीवन नमुना माविको ५६ औँ वार्षिकोत्सव सम्पन्न


  •    न्युजभित्तो/२ फाल्गुन २०७९, मंगलवार ०८:३० 
  • माडी, २ फागुन। जनजीवन नमूना माध्यमिक विद्यालय माडी ८ चितवनको ५६ वार्षिकोत्सव तथा अभिभावक दिवस मूल समारोह सोमबार विद्यालयमा सम्पन्न भएको छ ।

    वार्षिकोत्सवको समारोहको उद्घाटन गर्दै वाग्मती प्रदेशका माननीय सदस्य एवम् माडी नगरपालिकाका निवर्तमान नगर प्रमुख ठाकुरप्रसाद ढकालले समग्र विकासको जग नै शिक्षा भएको हुनाले शैक्षिक विकासको लागि सबैले जोड दिनुपर्ने आवश्यकता औंल्याउँनुभयो।

    वार्षिकोत्सव समारोहमा मन्तव्य राख्दै विद्यालयकी प्रधानाध्यापक अमृता के।सी।ले विद्यालयलाई शैक्षिक पार्कको रुपमा विकास गर्ने, सिकाईलाई जीवन र जगतसँग जोडेर क्षमता अभिवृद्धि गर्ने,शैक्षिक सुधारका लागि आमा समूहहरुलाई क्रियाशील बनाउने लगायतका योजनाहरु समेटिएको प्रतिवेदन पेश गर्नुभएको थियो ।

    कार्यक्रममा विद्यालयलाई पुस्तकालय निर्माण र व्यवस्थापन मा सहयोग गर्नुका साथै छात्रा सशक्तीकरण अभिनयकी सञ्चालक सामाजिक व्यक्तित्व लिने पिटर्सले विद्यालयसँग सहकार्य गर्न पाएकोमा आफू खुशी रहेको जनाउँदै बालबालिकाहरुको हितमा आफूले काम गरिरहने जानकारी दिनुभयो।

    वार्षिकोत्सवको समारोहमा विद्यालयका पूर्व प्रधानाध्यापक शोभाकर गौतम, विद्यालयका लेखापाल गोविन्दप्रसाद पन्थ, कर्मचारीहरु छुनु लामिछाने , मनमाया प्रजालाई सम्मान गरिएको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव आचार्यको सभापतित्वमा सम्पन्न वार्षिकोत्सवको मूल समारोहमा कृष्णनगर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारादमणि पौडेल, माडी ९ का निवर्तमान वडाध्यक्ष शिवहरि सुवेदी , वडा नं ८ का निवर्तमान वडाध्यक्ष कृष्णप्रसाद अधिकारी,पूर्व प्रधानाध्यापकहरु सूर्यनाथ अधिकार, शोभाकर गौतम,विद्यालयकी सहायक प्रधानाध्यापक सरस्वती टी, विद्यार्थीहरु समिर पौडेल,वन्दना गिरी,सङ्गम पोख्रेललगायले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    वार्षिकोत्सवको अवसरमा विद्यालयहरुलाई अक्षय कोषबाट प्रदान गरिने नगद पुरस्कार ३० जना विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले शैक्षणिक क्रियाकलाप,नाटक एवम् विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    बागमती प्रदेश सरकारबाट नमुना घोषित भएको विद्यालयले वार्षिकोत्सवको सन्दर्भमा माघ २७ गते शुक्रबार सामुहिक लोकनृत्य प्रतियोगिता, विभिन्न खेल र चित्रकला प्रतियोगिता, माघ २८ गते शिक्षकहरुलाई सुचना प्रविधि तालिम र माघ २९ गते विभिन्न विधाका पुरस्कार वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.