सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेल्ट एण्ड रोड बनाउने ऋण स्वभाविक : राष्ट्रपति भण्डारी


  •    /१० बैशाख २०७६, मंगलवार १४:१४ 
  • काठमाडौं
    राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई (बेल्ट एण्ड रोड इनिशिएटिभ)को योजनाका लागि लिइने ऋणलाई स्वभाविक रुपमा लिन अनुरोध गरेकी छिन् । यो योजनाका लागि हुने ऋणलाई सकारात्मक रुपमा लिनुपर्छ, काठमाडौँस्थित चिनियाँ पत्रकारहरुसँग उनले मङ्गलबार भनिन्, ‘सबै कुरालाई नकारात्मक सोच्न हुन्न ।’

    उनले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोडका लागि सबै पक्षले संयुक्त पहल शुरु गर्नुपर्ने धारणा राखिन् । राष्ट्रपति भण्डारीले यसै साता चीनमा हुन गइरहेको दोस्रो बीआरआई सम्मेलमा भाग लिन जानुअघि भण्डारीले यस्तो बताएकी हुन् । उनले बीआरआईप्रति कोहि अनावस्यक रुपमा नकारात्मक हुन नहुने बताइन् ।

    चीनको यो योजनाले ऋणको अत्यधिक भार बढ्ने र यसले चीनको प्रभाव मुलुकमा बढ्ने भन्दै यसलाई चीनको ‘ऋण जाल’ रहेको भन्दै आशंका व्यक्त गर्नेहरु पनि छन् ।

    राष्ट्रपति भण्डारीले यो योजनाले नेपालको विकासमा सहयोग पुग्ने पनि विश्वास व्यक्त गरेकी छिन् । उनले अल्पविकसित मुलुक भएको कारण पनि नेपाललाई वित्तीय लगानी र प्राविधिक सहकार्यको जरुरी रहेको बताएकी छिन् ।

    उनले नेपालको उज्वल भविष्य चीनको भविष्य र चीनले नेपाललाई गर्ने सहयोगी व्यवहारमा आधारित रहने बताएकी छिन् । दोस्रो बीआई सम्मेलन बिहीबारदेखि शुरु हुँदैछ । सम्मेलन आइतबार सकिनेछ । सम्मेलनमा १ सय ५० मुलुकका ५ हजारभन्दा बढी सहभागी हुँदैछन् । यसमा ९० अन्तर्राष्ट्रिय संगठन र ३७ मुलुकका सरकारप्रमुख पनि सहभागी हुनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.