चितवनको प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेल, अस्मान तामाङ गृह मन्त्रालयमा तानिए
न्युजभित्तो/७ माघ २०७९, शनिबार ०९:१४
काठमाण्डौं, ७ माघ । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । जसमा चितवनका प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेल आउनु हुने भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ गृह मन्त्रालयमा तानिनु भएको छ ।
उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहनु भएको छ ।

(हेर्नुहोस् सरुवाको सूची)