सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन केन्द्रीय कार्यालय रहेको किसान दानाको १३ औं अण्डा डिपो ईलाममा


  •    न्युजभित्तो/१ माघ २०७९, आईतवार १७:४२ 
  • चितवन, १ माघ । चितवनमा मुख्य कार्यालय रहेको किसान दाना उद्योगले आफ्नो १३ औँ अण्डा डिपो ईलाममा सञ्चालनमा ल्याएको छ । डिपोको आज एक कार्यक्रमकाबीच ईलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रममा बोल्दै उहाँले चितवन र वरपरको उत्पादन ईलामसम्म ल्याएर सर्वसुलभ रुपमा उपभोक्तामाझ पु¥याएकोमा किसान दाना उद्योगलाई धन्यवाद दिनुभयो । फार्मबाट उत्पादन भएको अण्डा उपभोक्तासम्म पु¥याउने यो अभियान पोल्ट्री क्षेत्रको विकासका लागि राम्रो काम भएको उहाँको भनाई थियो ।

    उद्योगका अध्यक्ष रघुनाथ भट्टले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष रुपमा जोड्नका लागि किसान दाना उद्योगले डिपो विस्तार गरेको बताउनुभयो । उहाँले यस अघि विभिन्न १२ ठाउँमा डिपो स्थापना गरिसकिएको जानकारी दिनुभयो ।

    डिपो मार्फत् सस्तो र गुणस्तरीय अण्डा उपभोक्तालाई दिन सकिने उहाँको भनाई छ । उत्पादक र उपभोक्ताकोबीचमा धेरै तह पार गर्नु पर्ने अवस्थाको अब अन्त्य हुने उहाँले बताउनुभयो ।

    किसान दाना उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलकाले फार्मबाट किराना पसलसम्म पु¥याउनका लागि बिक्री डिपो विस्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशका प्रमुख शहरमा डिपो बिस्तार गर्दैछौं ।” कम्तीमा ३० डिपो पु¥याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पोख्रेलका अनुसार डिपो नभएका शहरमा पनि स्थानीय डिलरमार्फत अण्डा पु¥याइँदै आएको छ । डिपो खोल्नासाथ मूल्य कम नभए पनि क्रमशः डिपोबाट बिक्री गर्ने अण्डा सस्तो र ताजा हुने उद्योगले जनाएको छ । चितवनमा रहेको किसान दाना उद्योग प्रालिले किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म सिधैँ पु¥याउन सुरु गरेको हो ।

    सो समूहले नवलपरासीमा दाउन्ने एग्रोफार्म प्रालिमा चार लाख लेयर्स कुखुरा पालेको छ । किसान दाना उद्योगको लगानी रहेको सो प्रालिमा दैनिक ३ लाख ६० हजार वटाभन्दा बढी अण्डा उत्पादन हुन्छ । यससँगै एक लाख ५० हजार अण्डा किसानबाट सङ्कलन हुने गरेको छ ।

    यो संख्या बढ्ने उद्योगले जनाएको छ । हाल फार्मबाट आपूर्तिकर्ता, डिलर, सहायक डिलर, साइकल र किराना पसल हुँदै उपभोक्ता कहाँ पुग्ने गरेको छ । उद्योगका निर्देशक विपिन पोखरेलका अनुसार उद्योगले काठमाडौँको नैकाप, वनस्थली, पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशी, नयाँबजार, सुर्खेतको सनिहिल लाइन, इटहरी, पोखरा, सोलुखुम्बु र ओखढुंगामा बिक्री केन्द्र खोलेको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । बाह« साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दरमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।”

    नेपालमा नै सबैभन्दा बढी अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ । घर नजिकैको पसलसम्म उद्योगले अण्डा पु¥याउने छ ।

    यस समूहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योगलगायतका उद्योग र उत्पादनमा लगानी छ । पोखरेलका अनुसार अण्डा उत्पादन, संकलन, मल उत्पादन, मेस दाना (काँचो दाना) उत्पादनमा यो उद्योग नेपालको अग्रणी हो । निर्देशक द्रोण लामिछानेका अनुसार यही समूहले संचालन गरेको भेटेनरी पसलले किसानहरुलाई सर्वसुलभ रुपमा औषधि उपलब्ध गराउँदै आएको छ ।

    उद्योग अन्तर्गतको किसान एग्रोको मल उत्पादन हेर्दै आउनु भएका सुरेन्द्र रेग्मीका अनुसार उत्पादित मल पु¥याउन कठिन भएको छ । उच्च गुणस्तरको भएकाले किसानको माग उच्च छ । पछिल्लो समय पोल्ट्री क्षेत्र नोक्सानमा जाने क्रम बढेपछि बजारीकरणलाई तीब्रता दिईएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.