सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु


  •    न्युजभित्तो/२६ पुष २०७९, मंगलवार १५:१८ 
  • चितवन, २६  पुस । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु गरिएको छ । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध रहेको छ । यी सबै सेवा नेपाल सरकारले तोकेको शुल्कमा गरिँदै आएको उहाँले बताउनुभयो ।

    अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको क्यान्सर इन्स्टिच्युट स्थापना गरिएको छ । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन ९सेक्ने० सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।

    डा ठाकुरका अनुसार टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस ९स्टेरियो टेक्टिक रेडियो सर्जरी० पनि ल्याइएको छ । यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र रहेको ट्युमरलाई भित्रै सेकाएर नष्ट गर्न सकिन्छ । यस्तै एसबिआरटी ९स्टेरियो टेक्टिक बडि रेडिएसन थेरापी० सेवा पनि सुरु गरिएको छ । यसले शल्यक्रियाबिना शरीरका अङ्गमा रहेको क्यान्सरका ट्युमरलाई नष्ट गर्दछ । उहाँका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो उपयोगी हुन्छ । यसैगरी शल्यक्रिया गर्नै नमिल्ने गरी फैलिएको क्यान्सरको उपचारमा पनि यो प्रविधि सहज हुने उहाँको भनाइ छ ।

    ब्राकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी प्रयोग हुने गर्दछ ।

    अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार क्यान्सर इन्स्टिच्युटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक छन् । रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि आवश्यक उपकरण ल्याइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले भित्र्याएका उपकरण क्यान्सर उपचारमा पछिल्लो समय विकास भएका आधुनिक उपकरण हुन्, जुन नेपालमा अझै भित्रिएका छैनन् ।” कतिपय भारतमा समेत नभएको उपकरण भित्र्याइएको देवकोटाको भनाइ छ ।

    सरकारी क्यान्सर अस्पतालमा रेडिएसनसहितको उपचारका लागि महिनौँ पालो कुर्नुपर्ने भए पनि सरकारी मूल्यमै आफूहरुले आजको भोलि सेवा दिन सुरु गरेको देवकोटाले बताउनुभयो । क्यान्सर उपचारका लागि सहयोगी हुने अन्य उपचार सेवा र उपकरण मेडिकल कलेजमा भएकाले उपचारमा सहज भएको देवकोटा बताउनुहुन्छ । अस्पतालमा एमआरआई, सिटीस्क्यान, मेमोग्राम, स्पेक्टसिटी, बोन स्क्यानर, ए ग्रेडको प्रयोगशाला रहेका छन् । यो मेडिकल कलेज देशभरका धेरै बिरामी उपचार गर्नेमध्येमा पर्दछ ।

    जिल्लामा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतदेखि बिरामी आउने गर्दछन् । यहाँ उच्च चापका कारण पालो कुर्नुपर्ने र बाहिर जानुपर्ने बिरामीलाई यहीँ सेवा दिन सकिने देवकोटाको भनाइ छ ।
    –––रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.