सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन महोत्सव पुस २५ गतेबाट


  •    न्युजभित्तो/१९ पुष २०७९, मंगलवार १७:४७ 
  • चितवन, पुस १९ । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवमा प्रत्येक सँस्करणमा नयाँ–नयाँ कुराको प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । कहिले माछा त कहिले केरा लगायत उपजको प्रवद्र्धन गर्दै आइरहेको महोत्सवले यसपटकको १४औं सँस्करणमा एक समय चितवनको पहिचान बनेको तोरी र मौरीको प्रबद्र्धन गर्ने भएको हो ।

    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक चुननारायण श्रेष्ठले पछिल्लो समय तोरीको उत्पादन घट्दै गइरहेकोले त्यसको प्रबद्र्धनका लागि महोत्सवमा विशेष परिषर बनाउन लागिएको जानकारी दिनुभयो । मह उत्पादनका लागि पनि चितवन प्रख्यात जिल्लाको रुपमा चिनिन्छ । “यसपटक महोत्सवमा मौरी र तोरीको प्रबद्र्धन गर्ने उद्देश्यले विशेष परिषर निर्माण गर्दैछौं, हरेक महोत्सवमा यहाँको कृषि र उद्योगलाई प्रवद्र्धन गर्दै आइरहेको छौं ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

    प्रबद्र्धनात्मक परिषरमा मौरीको प्रतिमासहित तोरीबारीको निर्माण गरि कृषितर्फ आकर्षीत गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसअघिको चितवन महोत्सवमा दूध, मह, केरा, पोल्ट्रीलगायतका क्षेत्रलाई प्रबद्र्धन गरिएको थियो । यसपटकको महोत्सवमा कलात्मक प्रवेशद्धार राखिनुको साथै महोत्सव परिसरमा कलात्मक आकृतिहरु निर्माण गरिने आयोजकले जनाएको छ । यसपटक नव उद्यमीहरुको पहिचान गर्ने उद्देश्यले स्टार्टअपलाई जोड दिँदै महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाहरुको तथ्यांक संकलन गर्ने कार्यक्रम समेत राखिएको महोत्सवका मुल संयोजक चुननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    यसपटकको चितवन महोत्सवमा ७ वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, घरेलु तथा साना उद्योगका लागि आश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघसंस्थाका स्टल, रेष्टुरेन्ट परिसरसहित ४५० वटा स्टल रहने आयोजकले जनाएको छ । ती सबै स्टलहरुको बीमा समेत गरिने छ ।

    महोत्सवमा प्रवेशका लागि सर्वसाधरणतर्फ र६० र विद्यार्थीतर्फ ३० रुपैयाँको टिकट राखिएको छ । यसपटक टिकेट वालेट मार्फत पनि खरिद गर्न सकिने भएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकसहित ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नारायणी नदी किनारमा पुस २५ देखि माघ ४ गते अर्थात् १० दिनेसम्म चल्ने महोत्सव अवधिमा २५ करोड रुपैयाँभन्दा बढीको करोबार समेत हुने आयोजकको अनुमान छ ।

    यस्तै यसपटक पनि महोत्सव अवधिमा फुड फेष्टिबल आयोजना गरिने भएको छ । पुस २८ देखि माघ २ गतेसम्म नारायणगढस्थित क्याम्पाचौरमा गरिने छ । त्यस्तै पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका संभावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीहरु संचालन गरिने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.