नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
न्युजभित्तो/५ पुष २०७९, मंगलवार ०७:४०
चितवन, ५ पुस । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द हुने नारायणगढ–मुग्लिङ सडक आयोजनाले जनाएको हो ।
सडकको विभिन्न स्थानमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएकाले आज पुस ५ गतेदेखि १ महिना सडक बन्द हुने आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो । नारायणगढ–मुग्लिङ सडक खण्डका मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुल पुनर्निर्माण गर्न ठूलो पहाड काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द गरेर काम गरिने उहाँको भनाई छ ।
उक्त सडक खण्डमा १५ वटा पुल निर्माणको काम भइरहेकोमा ९ वटाको काम सम्पन्न भइसकेको छ । ४ वटा पुल निर्माणको लागि ठाडो र कडा चट्टानसहितको पहाड काट्नु पर्ने भएको कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भए पछि यातायात बन्द गरेर काम गर्नु परेको आयोजनाले जनाएको छ ।
नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबहाक गाडी (बस, मिनिबस, माइक्रो बस, साना सवारी साधन) लाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ । मालबहाक गाडी (ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्यांकर, भारी सवारी) लाई भतेरी जंगलदेखि रामनगरसम्म रोकिने छ ।
त्यस्तै, मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुबहाक गाडीलाई दुई स्थानमा रोकिने छ । काठमाडौँबाट आएका गाडीलाई मुग्लिन बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आएका गाडीलाई बेनीटारदेखि पावरहाउसम्म रोकिने छ । काठमाडौँतर्फबाट आएका मालबाहक गाडीलाई लेवाटारमा र पोखरातर्फबाट आएका गाडीलाई आँबुखैरहनीमा रोकिने छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।