सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिजिआरलाई तीन लाख जरिवाना


  •    न्युजभित्तो/१ पुष २०७९, शुक्रबार १८:१२ 
  • चितवन, १ पुस । विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख रुपैयाँ जरिवाना गर्न अनुगमन समिति तिवनले प्रमुख जिल्ला अधिकारीलाइ सिफारिस गरेको छ । मंसिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो । उक्त होटलमा विवाह भोज खाएपछि तीन सय बढी बिरामी परेको थिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवि शर्माको संयोजकत्वमा सरोकारवाला सहितको टोलीले अनुगमनपछि शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको हो ।

    समितीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६(२) अनुसार अनुचित ब्यापारिक तथा ब्यावसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेको सोही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकत्तम ३ लाख जरिवाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ ।

    अनुगमन समितिले होटलले गरेको लापर्वाहीपूर्ण कार्यका ७ बुँदे कैफियतका आधारमा जरिवाना सिफारिस गरेको हो । समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिंगा देखिएको, कामदारको सरसफाईको अवस्था सन्तोषजनक नभएको उल्लेख छ । यसैगरी भान्सा र भाडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको उल्लेख छ ।

    अनुगमन समिति समक्ष होटल सञ्चालकहरुले सिल खोलिदिन र ७ दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । गत मंसिर २३ गते नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको सो होटलमा भएको एक विहेभोजमा सहभागी भएका दुबै पक्षका तीन सय बढी खाना खाएपछि बिरामी भएका थिए ।

    भरतपुरको नेशनल सिटी अस्पतालमा झाडापखाला, वान्ता तथा रिगंटा लागेर भर्ना भएका बिरामीहरुबाट गरिएको नमूना परीक्षणमा उनीहरुले दिसामा पाइने इकोलाई भन्ने ब्याक्टेरिया पाइएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । फिजिसियन डा. भोजराज अधिकारीले इकोलाई ब्याक्टेरियाले आन्द्रामा भएको म्यूकोजालाई असर गर्ने र त्यसले झाडापखला लाग्ने कार्य गराउने बताउनुभयो ।

    होटलले खानामा गम्भीर लापर्वाही गरेको पाईएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले दिसामा पाइने ब्याक्टेरिया नै भएको पुष्टि भएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नपाकेको खाना, दही, सलाद, पानीपुरी, अचार आदीमा त्यस्तो ब्याक्टेरिया भएको हुन सक्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.