सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजनमा अन्तर विद्यालय फुटसल प्रतियोगिता शुरु


  •    न्युजभित्तो/२२ मंसिर २०७९, बिहीबार १३:४० 
  • भरतपुर २२ मङ्सिर। होली भिजन पब्लिक स्कुल भरतपुरको आयोजना र भरतपुर इङ्लिस स्कुल सोसाइटी (वेस) को समन्वयमा वेस स्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिता होली भिजन पब्लिक स्कुलमा आज बिहीबारबाट सञ्चालन भएको छ ।

    फुटसल प्रतियोगिताको उद्घाटन गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनका अध्यक्ष कीर्तिनिधि अर्यालले विद्यार्थीहरुको शैक्षिक विकासमा शारीरिक विकासको पनि महत्वपूर्ण भूमिका रहेको जानकारी गराउँदै खेलकुदले विद्यार्थीहरुमा अनुशासन र प्रतिष्पर्धाको भावना विकास गराउँने जानकारी दिनुभयो ।

    भरतपुर ईङ्लिस स्कुल सोसाइटी (वेस) का उपाध्यक्ष शिवबहादुर केसीको अध्यक्षतामा सञ्चालित फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडी, बिद्यालयका प्राचार्य मीनराज बस्ताकोटी, होली भिजन पब्लिक स्कुलका निर्देशक नारायण सापकोटा, विद्यालयका अतिरिक्त विभाग प्रमुख चन्द्रकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    प्रतियोगितामा वेदका ३० सदस्य विद्यालयहरुको सहभागिता रहेको रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा होली भिजन पब्लिक स्कुलले विद्या विकास इङ्लिस स्कुललाई ४–२ ले पराजित गरी दोश्रो चरणमा प्रवेश गरेको छ ।

    उद्घाटन खेलमा होली भिजन पब्लिक स्कुलका गौरव लामा म्यान अफ दि म्याच घोषित भएका छन् । आज छनौट चरणका गेमहरु खेलाईने र शनिबार प्रतियोगिताका फाइनल खेलहरु खेलाइने होली भिजन पब्लिक स्कुलका अतिरिक्त विभाग प्रमुख चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.