सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तरलता अभावले चितवनका सहकारी संस्थाहरु अप्ठ्यारोमा, पाँच सहकारी समस्याग्रस्त


  •    न्युजभित्तो/२० मंसिर २०७९, मंगलवार ०९:११ 
  • चितवनः भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँचवटा सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो ।

    भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकार भित्र रहेका तीन वटा र क्षेत्राधिकार बाहिर रहेका दुईवटा सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकार भित्र रहेको चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बहुमुखी उपभोक्ता सहकारी संस्थामा समस्या देखिएको छ । सनराईज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेको साहारा बहुउद्धेश्यीय सहकारी र सहकारी विभागको क्षेत्राधिकार भित्र रहेको शुक्रपथ बहुउद्धेश्यीय सहकारीमा पनि समस्यामा परेको छ ।

    महानगरको क्षेत्राधिकार भित्र रहेका सहकारीहरु सनराइज वचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाईएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाईए पछि छानविन सुरु गरेको पौडेलले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताहरुको बचत असुलीका लागि आवश्यक सहजीकरण भईरहेको बताउनुभयो ।

    उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाईएको छ । यस सहकारीमा ३ हजार ५ सय शेयर सदस्य रहेको र रु ७० करोडको कारोबार भएको पौडेलले जानकारी दिनुभयो । यस सहकारीले ३ स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोवार गर्दै आएको थियो ।

    यस्तै चन्द्रदर्शन वचत तथा ऋण सहकारी संस्थामा २ हजार २ सय शेयर सदस्य रहेका छन् । आर्थिक तरलता देखिएपछि सहकारीले आबश्यकता अनुसार वचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताउनुभयो । सहकारीका सञ्चालक वचतकर्ताको सम्पर्कमा रहेका छन् । यस सहकारीमा वार्षिक रु २० करोड हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ ।

    समाज कल्याण बहुमुखी उपचोक्ता सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोवार हुने गरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको छ । जसले दुईवटा सेवा केन्द्रको अनुमती लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताउनुभयो । सहकारीले आबश्यकता हेरेर वचतकर्ताको रकम फिर्ता गरिरहेको छ । सञ्चालकहरु कचतकर्ता र शेयर सदस्यको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रदेश र सहकारी बिभागको क्षेत्राधिकार भित्र रहेका दुई सहकारीको बिवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति वचत कर्ता प्रभावित भए भन्ने बिषयमा जानकारी नभएको उहाँले बताउनुभयो ।

    तरलताको अभावका कारण वचतकर्ताहरुलाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सहकारीहरुले साधारण सभा मार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् ।

    महानगरमा हाल ३५४ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती मध्ये ४८ वटा सहकारी संस्था निस्क्रिय रहेको उहाँले बताउनुभयो ।  रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.