चितवनको कालिकामा खाग काटिएको अवस्थामा गैंडा मृत फेला
न्युजभित्तो/१८ मंसिर २०७९, आईतवार १८:४४
चितवन, १८ मंसिर । जिल्लाको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।
डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ । डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।

(सांकेतिक तस्वीर)