सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्याब्सन भरतपुरको साधारण सभामा विभिन्न व्यक्तित्वहरु सम्मानित


  •    न्युजभित्तो/१७ मंसिर २०७९, शनिबार २०:५६ 
  • भरतपुर १७ मंसिर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भरतपुर महानगरपालिकाको पाँचौं वार्षिक साधारण सभा शनिवार भरतपुरमा सम्पन्न भएको छ ।

    साधारण सभाको उद्घाटन समारोहमा एउटै संस्थागत विद्यालयमा लगातार २० वर्षभन्दा बढी सेवा गर्ने प्राचार्य, सह-प्राचार्य र निर्देशकहरुलाई सम्मान गरिएको थियो ।

    साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) का केन्द्रीय सदस्य मोहन लामाले संस्थागत विद्यालयमा विभिन्न चुनौतिहरु थपिएको हुनाले आफ्ना कमजोरीहरू हटाएर समयको मागसँगै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने इआवश्यकता औंल्याउँनुभयो ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) भरतपुर महानगरपालिकाका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल, प्याब्सन भरतपुरका सल्लाहकार श्रीप्रसाद ढुङ्गाना, प्राचार्यहरुको तर्फबाट दयानिधि अर्याल, इष्टुका केन्द्रीय सदस्य जनकराज घिमिरे , संस्थागत विद्यालय अभिभावक संघ, भरतपुर महानगरपालिकाका अध्यक्ष भोजराज न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    साधारण सभामा मेट्रो प्याब्सनका उपाध्यक्ष इन्द्रेश शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मीनराज बस्तकोटीले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.