सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनाव लगत्तै नियमित सेवामा फर्किए डा भोजराज अधिकारी


  •    न्युजभित्तो/१३ मंसिर २०७९, मंगलवार १०:४६ 
  • चितवन, १३ मङ्सिर।  मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएका चिकित्सक भोजराज अधिकारी नियमित बिरामी परीक्षण सुरु गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा होमिनुभएको थियो ।भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उहाँ उम्मेदवार बन्नुभएको थियो । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिनुभएका अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आउनुभएको थियो ।

    उहाँले भन्नुभयो, “अब म नियमित काममा फर्किएको छु ।” स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उहाँको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने उहाँले जानकारीदिनुभयो ।

    गाउँगाउँमा गएर उपचार नपाएकालाई अस्पतालसँग जोड्ने, नियमित स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य जनचेतना जगाउनेलगायतका कार्य गर्ने योजना डा अधिकारीको छ । उहाँले भन्नुभयो, “विशेषज्ञसहितको स्वास्थ्य शिविर, रोग पत्ता लागेकालाई अस्पताल जोड्ने, समाजमा दीर्घरोगीको खोजीका लागि परीक्षण गर्ने योजनामा छु ।” यसैगरी मधुमेह, उच्च रक्तचापलगायतका रोगको पहिचान अभियानका रूपमा गराउने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “क्यान्सर, मुटुरोग स्क्रिनिङ गर्ने, सरकारले निःशुल्क गरेका रोगको उपचार र औषधिका बारेमा जानकारी गराउने काम अभियानमा हुन्छ ।” पिउने पानी, स्वच्छ वातावरणलगायतका बारेमा जनचेतना जगाउँदै धुमपान र मद्यपानविरोधी अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । अपाङ्गता कार्ड नभएकालाई कार्ड बनाएर उपचारमा सहयोग गर्ने उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.