सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तहलाई एम्बुलेन्स र दमकल किन्न स्वीकृति प्रदान


  •    /१० बैशाख २०७६, मंगलवार ११:५४ 
  • हेटौँडा
    प्रदेश नं ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    बैठकले हेटौँडा–१५ मा ‘अटो–भिलेज’ निर्माणका लागि हेटौँडा उपमहानगरपालिकालाई ३० वर्षे भोगाधिकार प्रदान गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

    मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आवश्यकताअनुसार प्रचलित कानूनबमोजिम स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो ।

    स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरीद गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने निर्णय यसअघि नै गरेको थियो । सोही निर्णयअनुसार बजेट व्यवस्था गरिने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.