वडाअध्यक्षले भन्ने कुरा लिएर देशको शासन सञ्चालन गर्ने मान्छे निर्वाचनमा हिँडेका छन् : प्रमुख निर्वाचन आयुक्त थपलिया
न्युजभित्तो/२५ कार्तिक २०७९, शुक्रबार १३:०३
तिलकराम रिमाल
सौराहा, २५ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वडाअध्यक्ष र गाविस अध्यक्षले भन्ने कुराहरु लिएर मेरो देश बनाउने मान्छे निर्वाचनमा हिँडेको बताउनु भएको छ । गोरखापत्र संस्थानले आज सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले मेरो शासन सञ्चालन गर्न मान्छे, मलाई नीति, कानुन र सिद्धान्त दिने मान्छे वडा अध्यक्ष र पालिका अध्यक्षले भन्ने कुरा लिएर हिड्छ भने निर्वाचन विचलित हुने बताउनुभएको हो । उहाँले भन्नुभयो “यो विचलनले दलभन्दा पनि व्यक्ति प्रभावी हुने खतरा भयो । यो स्थितिबाट मुक्त हुनुपर्छ ।”
उहाँले बहुदलीय व्यवस्थामा सिद्धान्त विचार, निष्ठा, घोषणापत्र, प्रतिज्ञापत्र, संकल्पत्रको चुनाव हुने बताउनु भयो । प्रमुख आयुक्त थपलियाले दलको घोषणापत्र बोक्ने उम्मेदवार वारेस मात्रै भएको भन्दै थपलियाले भन्नुभयो “दल निर्वाचनमा जाने हो । स्वतन्त्र पनि उम्मेदवार हुन सक्छ, उसको छुट्टै प्रतिबद्धतापत्र हुन्छ । तर दलको घोषणपत्र बोक्ने उम्मेदवार वारेस हो ।” घोषणपत्रमा लड्नु पर्नेमा हाम्रा उम्मेदवार स्थानीय विकासका एजेण्डा बोकेर जाने गरेको उहाँको भनाई छ । थपलियाले भन्नुभयो “एउटा वडाअध्यक्ष र गाविस अध्यक्षले भन्ने कुराहरु लिएर मेरो देश बनाउने मान्छे, मेरो शासन सञ्चालन गर्न मान्छे, मलाई नीति, कानुन र सिद्धान्त दिने मान्छे हिड्छ भने निर्वाचन विचलित हुन्छ ।” यो विचलनले दलभन्दा पनि व्यक्ति प्रभावी हुने खतरा भएको भन्दै उहाँले यो स्थितिबाट मुक्त हुनु पर्ने बताउनुभयो ।
उहाँले सांसद्को भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताउनुभयो । निर्वाचनमा उम्मेदवार सबै समान हुने बताउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो “उम्मेदवार कोही सानो ठूलो हुँदैन । ठूलो र साना ४ गतेपछि मात्रै थाहा हुन्छ ।”
मिडियाहरुले पहिले नै सानो, ठूलो, हेवीवेट, स्थापित भन्ने गरेको बताउँदै उहाँले प्रश्न गर्नुभयो “मिडियालाई पहिले नै कसरी थाहा हुन्छ ? उम्मेदवारको हैसियत पत्रकारले होइन, मतदाताले छुट्याउँछन् ।” सबै उम्मेदवारलाई बराबर प्लेटफर्म दिनुपर्ने उहाँको भनाई छ ।
निर्वाचन भनेको पात्र परिवर्तनको विषय मात्रै नभएको भन्दै उहाँले जनताको आवाज के छ ? पत्रकारले थाहा पाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “जनताको माग के छ ? बाटो, खानेपानी होइन, कस्तो निर्वाचन शिक्षाको माग, कस्तो सिद्धान्त र विचार भएको उम्मेदवारको माग गर्छन् भन्ने हो । माग अन्त मोडिएको छ ।”
निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो “निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारहरुको हो ।” थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गोरखापत्र संस्थाका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले सानो गलत सूचनाले निर्वाचन आयोगको संवेदनशील प्रक्रिया र मतदाताको मनोविज्ञान दिग्भ्रमित पार्न सक्ने भएकाले समाचार सम्प्रेरण गर्दा संवेदनशील हुन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
सो अवसरमा चितवन जिल्लाका मुख्य निर्वाचत अधिकृत रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, गोरखापत्र संस्थाका महाप्रबन्धक लालबहादुर ऐरीलेलगायतले बोल्नु भएको थियो ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका गोरखापत्र संस्थाका समाचारदाताहरु सहभागी एक दिने अनुशिक्षण कार्यक्रममा ६० जनाको पत्रकारको सहभागिता रहेको छ ।