सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिस्तार गर्न पहल भइरहेको छ: मेयर रेनु दाहाल


  •    न्युजभित्तो/१७ कार्तिक २०७९, बिहीबार १६:५३ 
  • चितवन, कात्तिक १७ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पातलाई शिक्षण अस्पतालको रुपमा बिस्तार गर्ने गरी पहल भइरहेको बताउनुभएको छ ।आज बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पताल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल भइरहेको उल्लेख गर्नुभयो ।

    आगामी आर्थिक वर्षमा शिक्षण अस्पतालका लागि केन्द्रीय सरकारले बजेट बिनियोजन गर्ने मेयर दाहालको भनाइ थियो । देशको केन्द्र भागमा रहेको अस्पतालमा शिक्षण अस्पताल सञ्चालनका लागि प्रर्याप्त जनशक्ति रहेकाले शिक्षण अस्पताल निर्माण गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभयो ।

    उहाँले अस्पतालमा निर्माण भएको कुरुवा घर र आकस्मिक भवन तोकिएकै मितिमा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । ३० वर्षदेखि साँघुरो र पुरानो आकस्मिक कक्ष सञ्चालन गर्दै आएको भरतपुर अस्पतालले आधुनिक सेवासहित नयाँ भवनबाट आकस्मिक सेवा सुरु गरिसकेको छ । अस्पतालले पुरानो भवनमा २० बेड क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिरहेको थियो । अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गतेदेखि ५० शैया नै सञ्चालनमा आउने छ । यो भवनको माथिल्लो तलामा ट्रमा सेन्टर निर्माण गर्न सके धेरै बिरामीको ज्यान बचाउन सकिने मेसु पौडेलले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुर अस्पताललाई केन्द्रीय सरकारले देशकै महत्वपूर्ण अस्पातलको रुपमा हेर्ने गरेको बताउनुभयो । अस्पताललाई केन्द्रीय अस्पातलको सेवा सुविधा उपलब्ध गराउने गरी कामहरु अगाडि बढेको जानकारी दिनुभयो । आकस्मिक भवन केन्द्रीय बजेटबाट करिब ८ करोड खर्चेर तयार गरिएको हो । अस्पतालले ६ सय शैयाको सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.