सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘स्पाइडरमेन’ पक्राउ


  •    /१२ आश्विन २०७६, आईतवार ०८:५४ 
  • फ्रेङ्कफर्ट, (रासस/एएफपी) । गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन् ।

    सन्ताउन्न बर्षीय रोबर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए । उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेका यात्रुले चकित बन्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए ।

    सन् १९९४ देखि आफ्ना चमत्कारको प्रदर्शन गर्दै आएका रोबर्टले दुवइस्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा र पेरिसस्थित इफेल टावरलगायतका स्थानमा चढेर विश्वलाई चकित पारिसकेका छन् ।

    अगस्टमा उनले हङकङस्थित एक गगनचुम्बी भवनमा चढेर ‘शान्ति’ को झण्डा फहराएका थिए ।

    शनिबार पक्राउ पर्नुपूर्व उनले गगनचुम्वी भवनहरूको यात्राको पछाडि आफ्नो कुनै गुह्य नरहेको र यो केवल आफ्नो क्षमताको प्रदर्शन मात्र रहेको बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.