सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ५ हजार १४४ जनामा डेंगु संक्रमण, दुई जनाको मृत्यु


  •    न्युजभित्तो/१७ आश्विन २०७९, सोमबार ११:५६ 
  • चितवन, असोज १७। चितवनमा पछिल्लो केहि हप्ता यता डेंगुका संक्रमित थपिने क्रम बढेको छ । चितवनमा जिल्ला बाहिरबाट आउने विरामीमा समेत धमाधम डेंगु पुष्टि हुन थालेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार मात्रै ५२ जना संक्रमित थपिएका छन् । जसमध्ये चितवनका ४७ संक्रमित हुन् भने ठेगाना नखुलेका तीन र चितवन बाहिरका दुई संक्रमित छन् ।चितवनमा चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म ५ हजार १४४ जनाको परीक्षण गर्दा ९८१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये चितवनका ६५१ जना हुन् भने ठेगाना नखुलेका ११६ र अन्य जिल्लाका २१४ जना छन् । हालसम्म दुई संक्रमितको मृत्यु भइसकेको छ ।

    चितवनका ६५१ संक्रमितमध्ये भरतपुरका मात्रै ४४४ संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । खैरहनीका ५३, माडीका १९, रत्ननगरका ७६, राप्तीका ३६, कालिकाका ८ र इच्छाकामनाका ५ संक्रमित रहेका छन् । यस वर्ष चितवन लगायत देशभर डेंगुले महामारीको रुप लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.