सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको दन्तचिकित्सा क्षेत्रमा साइराम डेन्टलले भित्र्यायो नयाँ प्रविधि, मुखको सबै अवस्था थ्रिडी तस्वीरमै हेर्न सकिने


  •    न्युजभित्तो/८ आश्विन २०७९, शनिबार ११:२८ 
  • चितवन, असोज ८। चितवनको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय नयाँ–नयाँ प्रविधिहरु भित्रिन थालेको छ । यसैक्रममा दन्त चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाएको नारायणगढस्थित साईराम डेण्टल केयरले डिजिटल स्क्यानर भित्र्याएको छ ।नेपालमा भर्खरै मात्र भित्रिएको यो प्रविधि काठमाडौँ उपत्यका बाहिर पहिलो पटक साईरामले भित्र्याएको हो । यो प्रविधिबाट मुखभित्रको सम्पूर्ण अवस्थाको जानकारी कम्प्युटरको स्क्रिनमा थ्रिडी तस्वीरमा हेर्न सकिने वरिष्ठ दन्तरोग विशेष डा. अजय न्यौपाने बताउँछन् ।

    विगतमा बिरामीको दाँतसम्बन्धी क्राउन, ब्रिज, दाँत राख्ने लगायत जुनसुकै काम गर्नु परेमा हातैले नापो लिनु पर्ने, नापो अनुसार ल्याब (प्रयोगशाला) मा पठाउनु पर्ने बाध्यता हुन्थ्यो । प्रयोगशालाबाट बनेर आएपछि पनि कहिलेकाहीं नमिल्ने जस्ता समस्या हुने भएकाले काम गर्न धेरै झन्झटिलो र गाह्रो हुने गरेको अवस्थामा यो प्रविधि स्तरीय र छिटोछरितो रहेको डा. न्यौपाने बताउँछन् । ‘यो प्रविधिले दाँतको मात्रै होइन पुरै मुखकै स्क्यान गर्छ, त्यसले मुखमा क्यान्सर हुने अवस्था छ कि छैन भन्ने अवस्था समेत पत्ता लगाउँछ’–डा.न्यौपानेले भने ।

    साईराम डेण्टल केयरकी संचालिका डा. सरु थापा न्यौपानेले यो प्रविधि ठूला देशहरुमा निकै उपयोगी बनेको भन्दै नेपालका लागि पनि महत्वपूर्ण सावित हुने बताइन् । उनले बिरामीलाई कसरी सहज र छिटोछरितो उपचार गर्न सकिन्छ भनेर डेन्टल केयर लागिरहेको अवस्थामा यो नयाँ प्रविधि भित्र्याउन सफल भएको बताइन् ।

    काठमाडौँबाहिर पहिलोपटक यो प्रविधि चितवनमा भित्र्याउन सफल भएकाले बिरामीहरुले सहज उपचार पाउनेमा विश्वास व्यक्त गरिन् । ‘हामी बिरामीको उपचारसहज होस् भन्ने पक्षमा छौं, नयाँ प्रविधि आउने बित्तिकै हामी चितवनमा ल्याउने प्रयासरत हुन्छौं’–डा.थापाले भनिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.