सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सैनिक महाविद्यालय विद्यार्थी गुणीय चक्रको सातौ हब सम्मेलन चितवनमा सम्पन्न


  •    न्युजभित्तो/२६ भाद्र २०७९, आईतवार ०७:३९ 
  • चितवन, २६ भदौ । विद्यार्थी गुणीय चक्र (स्टुडेन्टस् क्वालिटी सर्कल) अन्तर्गत सैनिक महाविद्यालयहरुको सातौँ हब सम्मेलन शनिबार सैनिक आवासीय महाविद्यालय, पर्सा चितवनमा सम्पन्न भयो । सैनिक आवासीय महाविद्यालय चितवनका सञ्चालक समितिका अध्यक्ष तथा श्री नं. २८ बाहिनीपति सहायक रथी हिम्मत बहादुर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा क्वेष्ट नेपाल कार्यकारी बोर्ड सदस्य विमलकुमार क्षेत्री, क्वेष्ट नेपाल चितवन हव कोअर्डिनेटर ओमराज मैनाली र एसक्युसि मास्टर ट्रेनर प्रतिक्षा श्रेष्ठ समेत उपस्थित हुनुहुन्थ्यो ।

    उद्घाटन सत्रमा प्रमुख अतिथि बिष्टले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा स्टुडेन्टस् क्वालिटी सर्कलले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । विद्यार्थीले सिकेका कुराहरुलाई व्यावहारिक जीवनमा लागु गर्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको दोस्रो चरणमा ८ वटै महाविद्यालयका८८ जना विद्यार्थीहरुले प्यानल डिस्कश्न, केस स्टडी, फाइब मिनेट टु फेम, कोलाज जस्ता विद्यामा प्रस्तुति देखाइएका थिए । कार्यक्रमा क्वेष्ट नेपाल कार्यकारी वोर्डका सदस्य विमल कुमार क्षेत्रीज्यूले सैनिक आवासीय महाविद्यालय चितवनले सफलतापूर्वक यस कार्यक्रमको आयोजना गरेको र निकट भविष्यमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्नुभयो ।

    सम्मेलनको तेस्रो चरणमा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । समापन समारोहमा महाविद्यालयका सम्पर्क अधिकृत सेनानी नैना बस्नेतले सहभागी सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । सैनिक महाविद्यालय हबका संयोजक जीवनाथ तिमिल्सिनाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन महाविद्यालयका होस्टेल सुपरिटेण्डेन्ट सुरजचन्द्र गौतम र जीटीए नीला अधिकारीले गर्नुभएको थियो ।

    महाविद्यालयका प्रिन्सिपल बाबुराम बन्जाडेले कोभिड १९ को सन्त्रासपछि विद्यार्थीहरुले भौतिक रुपमा उपस्थित भई यस्ता कार्यक्रममा सहभागिता जनाउन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको उबताउनुभयो । महाविद्यालयका भाइसप्रिन्सिपल गणेश प्रसाद तिमिल्सिनाले जापानको औद्योगिक व्यवस्थापनका क्षेत्रबाट सुरु भएको एसक्युसी हाल शिक्षण सिकाइका क्षेत्रमा समेत प्रयोगमा आउँदा विद्यार्थीहरुको समग्र व्यक्तित्व विकास र सीपको विकास हुने कुरामा जोड दिनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.