भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो
न्युजभित्तो/२५ भाद्र २०७९, शनिबार १३:१६
चितवन, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा बि.सं. २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो । सरकारले नेपालमा बि.सं. २०७२ सालमा कार्यक्रम शुरु गरेको थियो ।
भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ । अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गरेका छन् । त्यसो त अस्पतालले कार्यक्रम लागू गरेको पाँच वर्ष पुग्दै गर्दा रु.९३ करोड ५८ लाख ९५ हजार बीमा दावी भुक्तानी लिएको छ ।
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार पछिल्ला वर्षहरुमा बीमा दावी रकम बढेको छ । यस आर्थिक वर्षको साउन यता मात्रै अस्पतालले रु.१३ करोड ३२ लाख ४३ हजार दावी भुक्तानी पाएको छ । गत आर्थिक वर्षमा अस्पतालले रु.३० करोड ७९ लाख ७४ हजार दावी भुक्तानी लिएको थियो । बीमामा बिरामीको आकर्षण बढेकै कारण संख्या थपिएर दावी भुक्तानी रकम बढेको हो ।
पौडेलले भन्नुभयो “दावी गरिएका अधिकांश फाईल सदर भएर धेरै रकम पाउने भरतपुर अस्पताल पहिलो हो ।” स्वास्थ्य बीमा बोर्डबाट हालसम्म ४५० अस्पतालहरुमा भुक्तान भएको मध्ये सबैभन्दा बढी रकम भरतपुर अस्पतालमा आएको छ । बिरामीको उपचारपछि रकम दावी गर्ने गरिन्छ । अस्पतालको बीमा शाखामा दक्ष कर्मचारी राखेर निरन्तर दावी भुक्तानीका लागि काम गरिएका कारण भरतपुर अस्पताल उत्कृष्ट बन्न सकेको पौडेल बताउनुहुन्छ ।
स्वास्थ्य बीमा कार्यक्रम सेवाग्राहीको माझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्य बीमा बोर्डले बीमाका पोलिसीलाई पृथक बनाएर नियमन गर्नुपर्ने पौडेलको सुझाव छ । उहाँले सेवाप्रदायक संस्थाहरुले पनि आफ्नो संस्थाको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई उपकरण र जनशक्ति थप गर्दै लैजानु पर्ने बताउनुभयो ।
स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल बनाउने चितवन सहित नवलपुर, धादिङ, गोरखा, तनहुँ, मकवानपुरका समेत रहेका छन् । रिफर भएर आउने बिरामी यी सहित २२ जिल्लाभन्दा बढीका हुने गरेका छन् । अधिकांश बिरामीहरु स्वास्थ्य बीमा मार्फत् सेवा लिन उच्च महत्वकांक्षाका साथ आउने गरेको पौडेलको भनाई छ । उहाँले भन्नुभयो “सरकारी भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या बढी रहेको र सेवाप्रति आकर्षण बढी हुने गरेकाले दैनिक निकै बिरामी आउने गर्दछन् ।” बिरामीको उच्च चाप र न्यून जनशक्तिका कारण बीमाका सबै बिरामीहरुले सोचे जस्तो सेवा लिन भने सकेका छैनन् । अस्पतालमा दैनिक २ हजारसम्म बहिरंग सेवामा बिरामी आउने गर्दछन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बीमा शाखा मार्फत् गरिएका मिहिनेत र प्रयासका कारण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम उत्कृष्ट बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “साउन लागेपछि मात्रै सबैभन्दा बढी रकम भरतपुर अस्पतालले पाउनुमा यहाँका सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीहरुको भूमिका महत्वपूर्ण छ ।” यसरी लाग्नेहरुलाई संस्थागत रुपमा अस्पतालले सधैं सम्मान गर्ने भन्दै उहाँले अस्पतालमा ओएनएम सर्वे अनुरुपको जनशक्ति प्राप्त भएसँगै कुनै समस्या नरहने गरी गुणस्तरीय सेवा दिन सकिने बताउनुभयो ।
६ सय शैयाको अस्पतालमा नेपाल सरकारका १७५ कर्मचारी रहेका छन् । बाँकी अस्पताल विकास समितिले धान्दै आएको छ । ओएनएम सर्वे अनुसार एक हजार ८५ कर्मचारी नेपाल सरकारका हुनु पर्दछ ।
अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी सेवाग्राहीहरुलाई सोचे जस्तो सेवा अझै दिन नसकिएको भन्दै उहाँले क्रमशः सेवामा गुणस्तरीय बृद्धि गरिंदै लगिने बताउनुभयो । विगतको तुलनामा बिरामीले राम्रो सेवा पाउँदै गएको भन्दै उहाँले जनशक्तिका कारण अस्पतालले चाहे जति गर्न नसकेको बताउनुभयो । बीमा कार्यक्रम अस्पताल सञ्चालनको मुख्य मेरुदण्ड भएको भन्दै उहाँले थप व्यवस्थित बनाउनु पर्ने बताउनुभयो ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भरतपुर अस्पतालको बीमा कार्यक्रम राम्रो रहेको बताउनुभयो । अस्पतालले बीमा दावी गर्दा आवश्यक कागजात पु¥याएर गरेकाले दावी गरिएका अधिकांश फाईलहरु सदर हुँदा धेरै रकम लिन सफल भएको उहाँले बताउनुभयो । पछिल्ला वर्षहरुमा अस्पतालको गुणस्तरमा सुधारसँगै बढेका बीमाका बिरामीले राम्रो सेवा पाएको बसौला बताउनुहुन्छ । बोर्डले स्थापना भएपछि हालसम्म रु.२४ अर्ब निकासा गरेकोमा सरकारी सेवा प्रदायक सबैभन्दा धेरै रकम भरतपुर अस्पताल गएको उहाँले जानकारी दिनुभयो ।
बोर्डले साउनमा ४५० अस्पताललाई रु.२ अर्ब ६७ करोड भुक्तानी गर्दा भरतपुर अस्पताललाई रु.१३ करोड बढी पठाएको छ । बोर्डले सेवालाई व्यवस्थित गर्दै असारसम्मको बाँकी रकम एक महिनाभित्रमा भुक्तानी गर्ने गरी काम गरिरहेको बसौला बताउनुहुन्छ । असारसम्म अस्पतालहरुले भुक्तानी पाउनु पर्ने रकम रु.२ अर्ब ५० करोड हाराहारी छ । स्वास्थ्य बीमा कार्यक्रममा ६० लाख सदस्य बनिसकेका छन् । रासस